फुकुओका
अगस्ट २५
गैर आवासिय नेपाली संघ, जापान क्षेत्रिय कार्यसमिति क्युस्युले नेपाली नारीहरुको महान पर्व हरीतालीका तीजको अवसरमा देविनगरस्थित नेपाल अपाङ आश्रमका आश्रितलाई तीजको दर खुवाएको छ ।
एनआरएनए क्युस्यु सचिब सुर्य कुवँरको पहलमा बुटवलको देविनगरमा आश्रितहरुलाई तीजको दर खुवाएको हो । जापानमा बसोबास गर्दै आएका बुटवलका कुवँरबाट भएको पहल र बुटवलका युवा अगुवा किशन थापाको समन्वयमा अपाङ्ग आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको हो । सबैको घरदैलोमा चाड आउदा आश्रममा बसोबास गरेका दिदीबहीनीहरुलाई पनि एक छाक मिठोमसिनो खुवाउने गरि कार्यक्रम गरिएको एनआरएनए क्युस्यु सचिब कुवँरले बताउनु भयो ।
कार्यक्रममा बुटवल युवाहरु गोबिन्द गुरुङ, बारिस राना, सुनिल गुरुङ, बिराट भट्टचन, सुबिन श्रेष्ठ, प्रताप ठकुरी, केशव थापाले खाना खुवाउन सहजिकरण गरेका थिए । आश्रममा हाल ५९ जना आश्रित रहेका छन । उनिहरु पुजामा उपयोगी अगरबत्ती तथा घरेलु सरसफाईका सामग्रीहरु लगायत दैनिक उपयोगी सामनहरु उत्पादन गर्दै उक्त सामानहरुको विक्री वितरण गरी जिवीकोपार्जन गर्दै आएका छन ।
एनआरएनए क्युस्यु कार्यसमितिले अन्य समयमा पनि सुखदुखको साथीको रुपमा नेपाल तथा जापानमा सहयोग कार्यक्रमहरु गर्दै आइरहेको छ ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *