२०२२ सेप्टेम्बर १
जापान, फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजना, फुकुओका केन अन्तराष्ट्रिय विधार्थी सपोर्ट सेन्टर, फुकुओका केन कोकुसाइ कोर्यू सेन्टरको सहयोग र क्युसुमा रहेका विभिन्न संघ संस्थाहरुको सह आयोजनामा यही मिति २०२२ सेप्टेम्बर १६ तारिकका दिन कोकुसाई हिरोबामा नेपाली विधार्थीहरुको लागि स्युस्योकु सेमीनार हुने भयको छ ।
२०२१ बाट सुरु गरिएको उक्त कार्यक्रममा पहिलो वर्ष क्यूस्यूको विभिन्न विद्यालयका गरी करीब ५० जना नेपाली विधार्थीहरुको सहभागिता रहेको र यस वर्ष पनि त्यो भन्दा बढी विधार्थीहरुको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक तथा फुनेसाेका उपाध्यक्ष इन्द्र प्रसाद घलेले जानकारी दिनु भयो । स्यूस्योकु सेमिनारमा क्यूस्युकाे विभिन्न क्षेत्रमा कार्य गर्दै विदेशीहरूलाई कर्मचारीको रूपमा राख्दै आएका करिब १० वटा कम्पनीको उपस्थिति रहने छ ।
यस कार्यक्रमबाट युनिभर्सिटी तथा भोकेसनल स्कूल सकेर पनि कर्मचारीको रूपमा काम गर्न न पाउनु भयका नेपालीहरुलाई काम खोज्न सहयोग पुग्ने आशा गरिएको छ । त्यस्तै यो संस्थाले यो कार्यक्रम भन्दा अरु पनि नेपाल र नेपालीलाई परदेशमा चिनाउने कार्यक्रम तथा परदेशमा रहे पनि आफ्नो देश, कला, संस्कृति जोगाउन प्रेरित गर्ने खालका कार्यक्रम पनि गर्दै आई रहेको र आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको संस्थाका अध्यक्ष माधव सिग्देलले जानकारी दिनु भयो।
उक्त सेमिनारमा भाग लिन चाहनु हुने विद्यार्थीहरुले तलको QR Code बाट फर्म भरी आफ्नो सीट सुरक्षित गर्नुहुन आयोजक समितिले अनुरोध गरेको छ ।
ぜひ参加したいです。