फुकुओका
जनवरी ७
विगतका समयबाट नै सोनाम ल्होसारको अवसरमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको तामाङ्ग समाज क्युस्युले यस वर्ष पनि सोनाम ल्होसारको अवसरमा ल्होसार वृहत सांस्कृतिक कार्यक्रमको आयोजना २०२५ जनवरी ३१ तरीकका दिन फुकुओकाको ग्राण्ड मिराज ओभलमा गर्न लागेको छ । उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागी कलाकारहरु विश्व दोङ, येङगी दोङ र रेश्मा बोम्जन फुकुओका आउन लागेको तामाङ्ग समाज क्युस्युले बताएको छ ।
उक्त कार्यक्रममा नेपालबाट आमन्त्रीत कलाकारको वेजोड प्रश्तुती सँगसँगै फुकुओकालाई कर्मथलो बनाउनु भएका स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ । उक्त कार्यक्रमको टिकट नर्मल ३,५०० येन र भिआइपी १०,००० येन तोकिएको र टिकटसँगै एउटा ड्रिक दिइने र कार्यक्रम साँझ ५ बजेबाट सुरुवात गरीने जानकारी दिनुभयो ।

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *