अक्टोबर १३
फुकुओका
फुकुओकामा रिया क्योदाई रेमिटयान्स प्रिजेन्ट प्रथम राइजिङ्ग फाल्कोन कप २०२५ मिति २०२५ अक्टोबर १८ तारीकका दिनमा हुने भयको छ । जापानको फुकुओकामा राइजिङ्ग फाल्कोन फुटबल कल्वले क्युस्युमा भएका फुटसल टिमहरुको सहभागीतामा प्रतियोगीता आयोजना गर्न लागेको छ । प्रतियोगीताको आयोजना तयारी अन्तिम चरणमा पुगेको जानकारी कल्बका म्यानेजर राकेश लामाले जानकारी दिनु भयो ।
उक्त फुटसल प्रतीयोगीतामा क्युस्युमा रहेका करीब २० टिमले सहभगिता जनाउने अपेक्षा गरिएको र टीम दर्ता शुल्क ३०,००० येन रहेको जानकारी टिम म्यानेजर लामाले जानकारी दिनुभयो ।
उक्त प्रतियोगीताको टिम दर्ता अक्टोबर १२ तारीक सम्म रहेको छ र टाइसीट अक्टोबर १५ तारीकका दिन गरीने छ । प्रतियोगीताको पुरुस्कार राशि प्रथम २,२२,२२२ येन र दिप्तिय १,११,१११ येन सहित ट्रफि, मेडल र प्रमाण पत्र साथै विभिन्न विधामा बेस्ट किपर २,००० येन र ट्रफि, हाइ स्कोरर २,००० येन र ट्रफि, बेस्ट प्लेयर २,००० येन र ट्रफि रहेको जानकारी लामाले दिनु भयो ।
