無料イラスト【イラストAC】西日本国際教育学院

फुकुओका

जुलाई १२

जापानी भाषा विद्यालय निसीनिहोन इन्टरनेशनल एजुकेशन एकेडेमी (मिनामी वार्ड, फुकुओका) लाई एक भियतनामी बिद्यार्थीलाइ बन्धक बनाइ मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको भन्दै अध्यागमन बिभागले उक्त बिद्यालयलाइ सेप्टेम्बर ७, २०२२ मा नयाँ अन्तराष्ट्रिय विद्यार्थीहरू स्वीकार गर्न प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयलाई फुकुओकाको जिल्ला अदालत मा भएको प्रधानन्यायाधीश हायासीको इजलासले विद्यालयको रिट निवेदनको आधारमा लगाइएको प्रतिबन्धलाई हटाइ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वीकार गर्न अनुमति दिने निर्णय सेप्टेम्बर ३०,२०२२ मा गरेको थियो ।

उक्त निर्णयलाई बदर गर्दै जुलाई ३ तारीक, २०२४ को जिल्ला अदालतको निणर्य अनुसार स्कुलको रिट निवेदन विपरीत फैसला गर्दै विध्यार्थी स्वीकार गर्न नपाउने भनेता पनि स्कुलले उच्च तहको अदालतमा जुलाई ४, २०२४ का दिन पुनरावेदनको लागी निवेदन पेश गरिसकेको छ । २०२४ जुलाई इन्टेकका करीब २०० जना (करीब १७० जना नेपाली र करीब ३० जना अन्य देशका विध्यार्थी) अन्तराष्ट्रिय विध्यार्थीहरु रहेकोले जुलाई इन्टेकका विध्यार्थीहरुका लागी २०२४ जुलाई महिना भित्रनै उच्च अदालतबाट सुचना आइ अगष्ट १५ तारीक भित्रमा २०२४ जुलाई इन्टेकका सम्पुर्ण विध्यार्थीहरु जापान आइसक्ने कुरा स्कुलको एक श्रोतले जनाएको छ । साथै जुलाई इन्टेकमा जापान आउनका लागी अनुमती पाएका सम्पुर्ण विध्यार्थीहरुलाई स्कुल श्रोतले जानकारी गराइसकेको र यदि उक्त सुचना प्राप्त नभएको भएमा यसै समचारलाई आधार मानि स्कुलको अर्को सुचनाको प्रतिक्षा गर्नुहुन अनुरोध गरेको छ ।

अहिले नै विध्यार्थी स्वीकार गर्न नपाउने भन्ने फैसला नभैसकेको कुरा स्कुलले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ । साथै विभीन्न संचार माध्यमबाट प्रकाशन भएका समचारहरुले जनमानसमा फैलाएको विभीन्न डरहरु प्रति स्कुलले क्षमा याचना गर्दै हाल संचालनमा रहेका कक्षाहरुमा हिजोका दिनमा जस्तै गुणस्तरीय शिक्षा प्रदान गरीरहेको र स्कुललाई लागेको निलम्बनलाई स्थगीत गराउन स्कुलले आफ्नो पक्षबाट निरन्तर प्रयास गरीरहेको हुनाले फैसला स्थगीत हुने वित्तीकै पुन नयाँ विध्यार्थी स्वीकार गर्ने गरी स्कुलले तयारी पनि गरीरहेको जानकारी पनि स्कुलले निकालेको विज्ञप्तीमा जनाइएको छ । साथै हाल अध्ययनरत विध्यार्थीहरुलाई केही समस्याहरु भएमा स्कुलले व्यक्तिगत परामर्श गर्ने व्यवस्था पनि गरेकोले केही परेमा शिक्षकहरुलाई सम्पर्क गर्नुहोला ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *