無料イラスト【イラストAC】oita-nepal-festival

जापान/अगष्ट २८ सम्झना कार्की

विदेशी भुमीमा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै नेपाल र नेपाली तथा नेपाली पहिचान चिनाउनका लागी विभीन्न समयमा विभीन्न कार्यक्रमरुको आयोजना गरीदै आइएको छ । आफ्ना कला, संस्कृति, भेषभूषाबाट विदेशीहरुमाझ नेपालको सिंगो पहिचान दिनका लागि उनीहरुले विदेशीभूमीमा आफ्नो व्यस्तताका बावजुत पनि लाग्ने गरेका थुप्रै दृष्टान्तहरु छन् ।


जहाँ जाउँ जता जाउँ जे सुकै भन मलाई, यो मन त मेरो नेपाली हो, भन्ने गीतको मर्मलाई पछ्याउदै नेपालबाट जापान आएका नेपालीहरु पनि यतिखेर, यो मन त मेरो नेपाली हो भन्ने दृष्टान्त प्रस्तुत गर्न कम्मर कसेर लागेका छन् । उनीहरुले आफ्नो प्राण भन्दा प्यारो मूलुक नेपाललाई जापानमा चिनाउनका लागी विभीन्न समयमा विभीन्न कार्यक्रमरुको आयोजना गरीदै आएकोमा हाल पश्चिमी जापानको ओइता शहरमा प्रथम नेपाल फेस्टीबल आयोजना गर्न लागीएको छ ।


ओइता नेपाल फेष्टिबल  मार्फत उनीहरुले नेपाललाई जापानमा चिनाउन खोजेका छन् । नेपाली कला, संस्कृति, भेषभूषा र नेपाली स्वादिष्ट खानाको परिकार लगायत नेपाली मौलिक गीतसंगितको जोडदार प्रस्तुति रहने छ । यो ओईता नेपाल फेष्टिबल २०२४  ओइटामा पहिलोपटक हुन लागेको हो । 


यो फेष्टिबलले यहाँ रहेका नेपालीहरुको सुमधुर जमघट मात्र हुनेछैन, जापानी भुमीमा नेपाली पहिचानको सुगन्ध फैलिने पनि विश्वास साथसाथै नेपाली र जापानी समुदाय बिचको पुलको काम यस फेस्टीबलले गर्ने अपेक्षा रहेको नेपाल ओइता कम्युनिटीका अध्यक्ष निकेस कार्कीले बताउनु भयो । 


जापानको ओइता सहरस्थित वाकासुका पार्कमा २०२४ सेटेम्बर २९ तारिकको दिन कार्यक्रम हुने  अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उनका अनुसार सो दिन विहान ११ बजेबाट ६ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा सहभागिताका लागि नेपालबाट जापान आएर बसेका संपूर्ण नेपालीहरुलाई आयोजकले अनुरोध गरेको छ । कार्यक्रमलाई भव्य र सभ्य ढंगबाट सम्पन्न गर्नका लागि तयारी तीव्र भइरहेको पनि आयोजक टीमले जनाएको छ । साथै जापान बासी नेपाली, विभीन्न नेपाली संघसंस्थाहरुलाई सहयोगको लागी पनि अनुरोध गरेको छ ।


निश्चय पनि विदेशी भूमिमा हुने यस्ता कार्यक्रमहरुले नेपाली बीचको एकता कायम हुने, एकआपसमा सहयोग र भाइचारको सम्वन्ध सुढृढ हुने र अर्कोतर्फ मातृभूमि नेपालको पहिचान विदेशीहरु मझ स्थापित हुने विश्वास लिन सकिन्छ ।

写真素材無料【写真AC】
, ,
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *