無料イラスト【イラストAC】shiva-mandir-yoshizuka

२०२२ सेप्टेम्बर १२

जापान – फुकुओका सहरको नेपालीहरुको अत्यधिक बसोबास भयको क्षेत्र योशिजुका स्टेसनको नजिकै रहेको एसिया स्योतेनगाई (हाट बजार) भित्र शिव मन्दिर निर्माण गरि मन्दिर संगै १३ सय किलो तौल र १ सय ५८ सेन्टिमीटर अग्लो गणेशको मुर्ती प्रतिस्थापन कार्य जापानका सफल व्यवसायी, नेपाल जापान फ्रेन्डसिप लायंस क्लबका सल्लाहकार एनआरएनए आईसिसि सदस्य एवंम फूनेसो पूर्व अध्यक्ष लक्ष्मण बानिया ज्यूले गर्नुभयको छ । जहा अहिले नेपाली, जापानिज सहित अन्य देशका नागरिकहरू मन्दिर दर्शन गर्न आऊने गर्दछन र मन्दिरमा भेटी बापत स्वइच्छुक रूपले चढाएको भेटी संकलन हुने गर्दछ। मन्दिर व्यवस्थापन गरी राख्नु भयका समाजसेवी बानिया ज्यूले उक्त मन्दिरमा संकलन भएको रकमबाट २१,००० येन लायंस क्लब मार्फत धुम्बाराही लायन बृध्दाश्रममा Hunger Relief Program को लागी प्रदान गर्नु भएको थियो । तेही अनुसार डिस्टिक ३२५जी रिजन १२ ज़ोन २४ मार्फत धुम्बाराही लायन बृध्दाश्रममा Hunger Relief Program को आयोजन गरि सेप्टेम्बर ५ तारिकका दिन खाद्य सामग्री हस्तान्तरण गरिएको जानकारी स्रोतले जानकारी गरिएको छ ।

साथै उक्त पुण्य कार्यमा सहयोग गर्नु हुने समाजसेवी लक्ष्मण बानियाँ, नेपाल जापान फ्रेण्डशिप लायन्स क्लव, काठमाडौं फुकुओका फ्रेन्डशिप लायन्स क्लव, काठमाडौं मयुर लायन्स कल्ब, काठमाडौं मुक्तिनाथ लायन्स क्लवलाई विशेष धन्यबाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र सद्भाव सहित नेपाल र जापानमा पनि स्वच्छ मनले सामाजिक कार्यमा लाग्नुहुन उक्त कार्यक्रमका संयोजक तथा रिजनल चेयर पर्सन लायन ज्योति केसीले शुभकामना दिनु भयो ।

फुकुओकामा क्रियाशील रहेका लायन्स क्लबहरुले हालसम्म साना ठूला गरी दर्जनौं कार्यक्रमहरु गरी सकेको र आगामी दिनमा पनि कार्यक्रम गर्ने योजना रहेको कुरा आफ्नो जानकारीमा आएको कुरा पनि लायन केसीले बताउनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *