無料イラスト【イラストAC】snowfall-japan

फुकुओका
जनवरी २३

सोमबार राती पछि २४ तारिक (मंगलबार) बिहानबाट शीतलहर आउने सम्भावना छ । यो समयमा एकदमै चिसो हुने र यस्तो अवस्था आज भन्दा पहिलाका वर्षमा खासै अनुभव गर्न नपाएको स्तरमा पुग्ने मौसम पुर्वानुमान शाखाले अनुमान गरेको छ । भाेलि २४ तारिक (मंगलबार) साँझदेखि २६ तारिक (बिहिबार) बिहानसम्म चिसो बढने छ । यो चिसो हावा दक्षिणतिर सर्दै जाँदा उत्तरी जापान र होकुरिकु क्षेत्रमा मात्र नभई पश्चिमी जापानमा पनि हिउँको बादल आउने सम्भावना छ । हिउँको बादल जापान सागरमा मात्र सीमित छैन, प्रशान्त महासागरको छेउमा पनि फैलिएको छ । जब सियर लाइन (हावाको बहाव परिवर्तन हुने सीमा) कटेपछि कान्टो क्षेत्रमा पनि हिउँ पर्ने ठाउँहरू हुन सक्ने अनुमान गरीएको छ ।

कान्तो क्षेत्र र पश्चिममा पानीको पाइपहरु जम्न सक्ने संभावना पनि

तापक्रम अत्याधिक कम भै विशेष गरी पश्चिमी र पूर्वी जापानमा अत्यधिक चिसो हुने अपेक्षा गरिएको छ । २५ तारिक सबैभन्दा कम तापक्रम फुकुओका शहर, हिरोशिमा शहर र मध्य टोकियोमा माइनस ३ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ । डिसेम्बरको दोस्रो हप्तादेखि आजसम्म हेर्दा यो वर्ष त्यती धेरै जाडो छैन त्यसैले यो समयमा धेरै चिसो महसुस हुन सक्छ । जापानको अन्य भागमा त्यस्ता ठाउँहरू पनि छन् जहाँ तापक्रम माइनस ५ डिग्री सेल्सियस भन्दा कम हुने संभावना छ त्यसैले त्यस्ता ठाँउहरुमा पानीका पाइपहरूमा वरफ जम्ने संभावना पनि भएकाले विशेष सर्तकता अपनाउनु होला ।


उक्त समयको उच्चतम तापक्रम हेर्दा पनि नागोया शहरमा १ डिग्री सेल्सियस र फुकुओका शहरमा २ डिग्री सेल्सियस छ । उत्तरी जापानको सेन्दाई र आकिता लगायत तोहोकु क्षेत्रमा अधिकतम तापक्रम ० डिग्री सेल्सियसभन्दा कम हुने अपेक्षा गरिएको छ । चिसो अत्याधिक बढि जनजिवनमा असर पार्ने अनुमान गरीएकाले चिसोबाट बच्ने उपायहरु अपनाउन र बिरामी नहोस भनेर सावधान रहन सबैमा अनुरोध गर्दछौ ।


यस समाचार जनवरी २० तारीकको याहु समाचारको मौसम समाचारबाट साभार गरीएको हो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *