無料イラスト【イラストAC】

फुकुओका
फेबु्रअरी ३
विगतका समयबाट नै विभीन्न समयमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको तामाङ्ग समाज क्युस्युको आयोजनामा जनवरी ३१ तारीकका दिन फुकुओकामा सम्पन्न भएको सोनाम ल्होसार वृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालबाट आमन्त्रीत राष्ट्रिय कलाकार तथा विभीन्न पेसाले जापानमा बसोबास गर्नुहुने स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।
उक्त कार्यक्रममा फुकुओकाको विभीन्न स्थानमा बसोबास गर्ने नेपालीहरु करीब ४०० जनाको सहभागीता रहेको थियो । जापानको समय अनुसार साँझ ५:३० बजे सुरुवात भएको कार्यक्रम राती १० बजे सम्म चलेको र कार्यक्रम अवधीभर सहभागीहरुले एकदमै रमाइलो गरेको तामाङ्ग समाज क्युस्युका सचिब बिसाल जिम्बाले बताउनु भयो । साथै आगामी दिनमा पनि विभीन्न कार्यहरु गर्दैै नेपाल र नेपालीको पहिचान र तामाङ्ग समुदायको पहिचानलाई उजागर गर्दै जाने कुरा तामाङ्ग समाज क्युस्युका अध्यक्ष विक्रम घिसीङ्गले बताउनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *