बुधबार, मंसिर ९, २०८३ · 2026年11月25日(水)

FN News – फुकुओका नेपाल न्यूज

समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास

विज्ञापन Dream Wave Educational Consultancy जापान साथी — जापानमा बस्ने नेपालीका लागि ५ निःशुल्क टुल

फुकुओकामा लीभिङ्ग सपोर्ट सेमीनार हुने

セミナー

जनवरी २१
फुकुओका
गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति क्युस्यु, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहयोगमा फुकुओकामा बसोबास गर्ने नेपालीहरुका लागी आगामी दिनमा विभीन्न समस्यासंग जुध्न सहयोग पुराउने मुख्य उद्देश्यले २०२४ फेबु्रअरी १ तारीक विहीबारका दिन LIVING SUPPORT SEMINAR BY FUKUOKA IMMIGRATION कार्यक्रमको आयोजना गर्न लागेको जानकारी एनआरएनए क्युस्युका संयोजक विवेक बुढाथोकीले जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यागमन (इमिग्रेसन) ब्यूरोबाट बिद्यार्थी भिषा, वोर्किंग भिषा, एजुकेन भिषा तथा अन्य भिषाको इन्चार्जहरुको प्रत्यक्ष सहभागीतामा भिषा आबेदन र यसका प्रक्रियाका बारेमा जानकारी गराउनु हुनेछ । त्यस्तै भिषा सम्बन्धि आफ्नो समस्याबारे इमिग्रेसनसंग प्रत्यक्ष प्रश्न समेत गर्न सकिने व्यवस्था गरिएको कुरा संयोजक बगालेले बताउनु भयो ।
कोरोनाको कारणले उक्त कार्यक्रममा जम्मा ८० जना मात्र सहभागि गराउन सक्ने हुदा समयमै सहभागीताको लागि आयोजकले अनुरोध गरेको छ । थप जानकारीको लागि एनआरएनए क्युस्यु र आयोजक सस्थाहरुसंग सम्पर्कको लागि हार्दिक अपिल गर्नुभएको छ ।
कार्यक्रम हुने मिति, समय र स्थानमा हुनेछ
मिति :२०२४ फेबु्रअरी १ तारीक विहीबार
समय : साझ ५ः३० बजे बाट
स्थान : हाकाता सिमिन सेन्टर

सम्बन्धित समाचार