無料イラスト【イラストAC】dashain

दशै चाड के हो

दशैं एउटा एस्तो चाड हो जुन कि परापुर्वकालमा नेपालबाट सुरु भएको थियो। नेपालीहरुलाई दशैको कुरा गर्नासाथ वर्षकै सबैभन्दा रमाइलो दिन या चाडको रुपमा मनमा लड्डु फुट्न सुरु हुने गर्दछ । दशैंलाइ नेपालको सबैभन्दा महत्त्वपूर्ण चाड मध्ये एक मानिन्छ। काठमाडौं उपत्यकाको नेवारहरु मध्ये दशैंलाई मोहनी पनि भनिन्छ र यो नेपाल सम्वद क्यालेन्डर वर्षको सबैभन्दा महत्त्वपूर्ण उत्सवको रूपमा मनाइन्छ । भारतमा यस चाडलाई दशेरा भनेर पनि चिनिन्छ । यो चाड प्राय नेपालका हिन्दु र किरात धर्ममा विश्वास राख्ने मानिसहरुले मनाउने गर्दछन् । दार्जीलिंगको पहाडी, सिक्किम, आसाम र भारतको उत्तरपूर्वी राज्यहरूका जातीय नेपाली बोल्ने मानिसहरुले पनि यो चाड मनाउदै आएका छन् । आजकल त नेपालीहरु रहेका हरेक देशमा विभीन्न कार्यक्रमहरु गरी दशै मनाउने चलन दिन प्रतिदिन बढ्दै गै रहेको छ ।

दशैको महत्व

यो विक्रम सम्बद्ध क्यालेन्डरमा सबैभन्दा लामो र महत्त्वपूर्ण चाडपर्व हो जुन नेपालीहरूले मनाउँदछन् । सबै सरकारी कार्यालयहरू, शैक्षिक संस्था र अन्य कार्यालयहरू चाडको अवधिमा बन्द रहन्छन्, यसले यो उत्सव कत्तिको महत्त्वपूर्ण छ भनेर देखाउँदछ । दशैं पारिवारिक जमघट साथै सामुदायिक सम्बन्धको नवीकरणमा जोड दिनको लागि पनि यो महत्त्वपूर्ण रहेको छ । आफ्नो घर वा देशबाट टाढा काम गरिरहेका व्यक्तिहरू पनि परिवार, साथीभाइहरू र आफन्तहरूका साथ यो चाड मनाउन आफ्नै गाउँ फर्कने गर्दछन् । साथै हिन्दु धर्ममा धार्मिक महत्वपनि निकै रहेको छ ।

दशै कहिले र किन मनाइन्छ

देवी पुराणका अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरुका राजा इन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज गरे । देवताहरुमाथि आतंकपुर्ण सासन गर्न थाले । त्यसपछि देवताहरु ब्रम्हाको शरणमा गएर गए र ब्रम्हाको सल्लाह अनुसार विष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरुको छलफल पछि सबैले आफ्नो आफ्नो शक्ति पुञ्जहरु एकत्रित भै शक्तिस्वरुपमा नवदुर्गा भगवतिको रुप धारणा गर्‍यो । नवदुर्गा भगवतिले नवौ दिनसम्मको युद्धपछि शन्ड–मुन्ड र रत्तबीज सहित महिषासुरको बध गरेर दशौँ दिनमा विजय उत्सव मनाए । दशैंले खराब माथि राम्रोको जित र देवी दुर्गाको विजयलाई प्रतिनिधित्व गर्दछ । यो पर्वको पहिलो नौ दिन दुर्गा र महिषासुरको बिभिन्न अभिव्यक्तिको बीचमा भएको युद्धको प्रतीक हो । दसौं दिनमा चाही दुर्गाले महिषासुरलाइ पराजित गर्नुभएको थियो । अरू हिन्दुहरूका लागि यो चाड रावणमा रामको विजयको प्रतीक हो भन्ने कुरा जुन रामायणमा उल्लेख छ । यो चाड प्राय असोज या कार्तिक महिनामा हुने गर्दछ ।

दशैंमा के के गरीन्छ

सबै उमेरका मानिसहरूले आकाशमा चंगा उडाएर दशैं मनाउने गर्दाछन् । बाँसको पिङ्ग मनोरञ्जनको एक तरीकाको रूपमा देश तथा विदेशका धेरै भागहरुमा दशैंको लागि निर्माण गरीएको हुन्छ । पिङ्गहरु त्यो गाउमा बस्ने मानिसहरु मिलेर घाँस, बाँसको डन्डा र काठ, आदिबाट बनाउने गर्दछन । दशैंमा आफु भन्दा ठुलाले सानोलाइ टिका लगाइदिइ आशिष् र दक्षिणमा पैसा पनि दिनुहुन्छ । चाडको नाममा भए पनि वर्षको एक दिन परिवारको सबै सदस्यहरु संग भेट गर्न पाईन्छ । साथै, अभिभावकहरूले आफ्ना बच्चाहरूको लागि नयाँ लुगा किन्ने, मानिसहरुले मिठो र स्वादिष खाने परिकारहरु एस पर्वमा खाने गर्छन । नेपालको बिभिन्न क्षेत्रमा रहेको दन्तकाली शक्तिपीठ मन्दिरहरुमा नौरथा जाने रमझम पनि शुरु हुन थाल्दछ । सबै उमेरका व्यक्तिहरु श्रद्धा र भक्तिका साथ बिहान ४ बजेदेखि नौरथा जाने गर्दछन् । नौरथा शुरु हुँदा प्रतिपदादेखि दशमीसम्म यस मन्दिरमा पुजा गरिन्छ, सधैं गर्ने पुजा सकीएपछि विशेष पुजा गरिन्छ यस बेला मन्दिरभित्र पर्दा लगाएर जमरा राखिन्छ । जमरा राखेको घरलाई जमरा घर भनिन्छ जहाँ शक्तिपीठको पुजा गरिन्छ । नवरात्री भरी नौवटा नामले पुजा गरिन्छ । सप्तमी र अष्ठमीमा विशेष पुजा गरीन्छ । अष्ठमीको दिन देवीले महिसासुरलाई मारेर देवताहरुको उद्दार गरेको हुनाले नवमीपछि दशमीको दिन विजयदशमी भनेर मनाईन्छ । यो दिन जया, विजया तथा अपराजिता देवीहरुको पुजा गरिसकेपछि मन्दिरको पुजालाइ फुलपाती विर्षजन गरेर भक्तजनहरुलाइ दर्शन गर्न आउन दिने चलन रहेको छ । हाँस, परेवा बोका, राँगा, भेडाहरुलाई भोग दिने चलन रहेको यस मन्दिरमा आजकल भोग दिने चलन घट्दै गएको देखिन्छ । 

पहिले पहिले नवरात्र घुम्ने चलन बिहान दुई बजेदेखि शुरु हुन्थ्यो भने आजकल झैझगडा हुने कारणले चारबजेदेखि मात्र भक्तजनहरु आउने गरेको छन् । पुजाआजा चै छ सात बजे मात्र शुरु हुने गरेको पाइन्छ । तेसै गरि आठौं दिनलाइ चाही माहा अस्टमी भनिन्छ र त्यो दिनको मध्यरातमा कुल बाउन्न भैंसीहरु र बाउन्न बाख्राहरुको बलि देवी दुर्गाको लागि बसन्तपुरको हनुमान धोकामा दिइन्छ। अनि नवौं दिनलाइ चाही महानवमी भनिन्छ । एस दिनचाही कारीगर, शिल्पकार, व्यापारी र मेकानिकहरूले आफनो औजार, उपकरण र सवारीसाधनको पूजा तथा सेवा गर्छन् किनभने यो विश्वास गरिन्छ कि यस दिन सवारी साधन पूजा गर्दा दुर्घटनाबाट बच्नको लागी १ वर्षको लागी सबै गाडी बाइक, कार देखि ट्रकको लागी पूजा गरीन्छ । दशौदिनलाई विजय दशमी भनिन्छ । आफुभन्दा ठुला बडाले निधारमा टिका, जमरा र आउने वर्षहरूको लागि आफुभन्दा सानोलाइ आशिष् पनि दिने गरीन्छ ।

पन्ध्रौं दिनलाइ कोजाग्रत पुर्णिमा भनिन्छ र यो पूर्णिमाको दिन हो। यसले पन्ध्र दिनको दशैं उत्सवको अन्त्य पनि जनाउछ । यस दिन, धन र भाग्यको देवी लक्ष्मी पृथ्वीमा आउने र रातभरि नसुतेका मानिसहरूलाई आशीर्वाद दिने विश्वास पनि गरीन्छ । यस दिन पछि हिन्दुहरुको सबै भन्दा महत्त्वपूर्ण दिनको रुपमा मान्ने गरीन्छ । यो सँगै नेपालका दसै पर्व मनाउनेहरुको वर्षकै सबै भन्दा लामो चाड को अन्त्य हुन्छ ।

दशैं हाम्रो राष्टिय महान चाड हो न की तडक भडक देखाउने माध्यम । दशैंलाई हामी सबै मिलेर स्वागत गरौं र एक अर्कामा शुभकामना आदानप्रदान गरौं । हामी सबैजना जतिजनासँग आबद्ध छौं सबैलाई भेटमा, फोनमा, फेसबुकमा, मेलमा, कार्ड वा चिठीबाट दशैंको शुभकामना बाडौं । को हिन्दु, को मुसलमान, को किश्चियन, को बाहुन, को जनजाति, को दलित एकछिन सबै धर्म, सबै जात विर्सेर दशैंमा एकजुट भएर रमाऔं । दशैं सँस्कृतिलाई अतिक्रमण हुन नदिन सबै नेपालीले प्रण गरौं, संकल्प गरौं ।

विजया दशमी तथा शुभ दिपावली २०७९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *