無料イラスト【イラストAC】nishinihon-school


२०२२ अक्टोबर ६
फुकुओका,

जापानी भाषा विद्यालय निसीनिहोन इन्टरनेशनल एजुकेशन एकेडेमी (मिनामी वार्ड, फुकुओका) लाई एक भियतनामी बिद्यार्थीलाइ बन्धक बनाइ मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको भन्दै अध्यागमन बिभागले उक्त बिद्यालयलाइ नयाँ अन्तराष्ट्रिय विद्यार्थीहरू स्वीकार गर्न प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयलाई फुकुओकाको जिल्ला अदालत मा भएको प्रधानन्यायाधीश हायासीको इजलासले विद्यालयको निवेदनको आधारमा लगाइएको प्रतिबन्धलाई हटाइ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वीकार गर्न अनुमति दिने निर्णय गरेको छ । निर्णय सेप्टेम्बर ३० मा भएको हो । २०२२ सेप्टेम्बर ७ मा जापानको अध्यागमन विभागले विद्यालयलाई विदेशी विद्यार्थीहरू स्वीकार गर्ने जापानी भाषा स्कूलहरूको सूचीबाट हटाएको थियो । सोही महिनाको ९ गते एकेडेमी सञ्चालन गर्ने शैक्षिक संस्थान मियाता गाकुएनले अन्तराष्ट्रिय विद्यार्थीलाई थुनामा राख्नु कर्मचारीको व्यक्तिगत कार्य भएको र यस कार्यमा विधालयको कुनै संलग्नता नभएको र उक्त कर्मचारीलाई विद्यालयले कारबाही गरीसकेको भन्दै खारेजको माग सहित जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रधानन्यायाधीश हायासीले फैसलामा औंल्याए अनुसार, मानवअधिकार उल्लङ्घन भएको कुनै यथेस्ट प्रमाण छैन । सरकारबाट गरीएको कारबाहीले विद्यालय संचालक समितिलाई ठूलो आर्थिक नोक्सान पुर्‍याउनेछ र यो तथ्य पछि पुन प्राप्ति गर्न निकै गाह्रो हुनेछ, त्यसैले यो न्यायको लागि तत्काल आवश्यकता थियो भनेर समयमै अदालती प्रकृया पुरा गरी फैसला गरियो ।

यो निर्णय खारेज कारबाही उच्च अदालतमा गै अर्को निर्णय घोषणा नभएसम्म प्रभावकारी रहनेछ र विद्यालयले त्यो अवधिमा अन्तराष्ट्रिय विद्यार्थीहरूलाई स्वीकार गर्न सक्छ । यसमा अध्यागमन ब्यूरोले निम्न अनुसार टिप्पणी गरेको छ।
“हामी जिल्ला अदालतको निर्णयमा छानबिन गर्नेछौं र उचित प्रतिक्रिया दिनेछौं”

श्रोत : योमीउरी पत्रीका २०२२ अक्टोबर ४ तारीकमा प्रकाशन भएको आधारमा सम्पादन गरीएको ।

読売新聞
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *