無料イラスト【イラストAC】ghumti-sewa

फुकुओका

फेब्रुअरी २२

नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापानको सहकार्यमा एनआरएनए जापानका उपाध्यक्ष राम कृष्ण श्रेष्ठज्यूको संयोजकत्वमा जापानको बिभिन्न क्षेत्रमा घुम्ती सेवा गर्दै आइरहेको छ । उक्त अवसरमा २०२३ अप्रिल १ र २ तारिक क्युस्यूमा बसोबास गर्ने नेपालीहरुलाई समेट्ने गरी आयोजना हुन लागेको घुम्ती सेवामा गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमिति लगायत क्युस्युमा अवस्थित सम्पूर्ण संघ संस्थाहरू कार्यक्रमलाई भव्य रूपमा सम्पन्न पारी सके सम्म धेरैलाई सेवा दिनको लागि तिब्र तयारीमा जुटिरहेका जानकारी एनआरएनए क्युस्यूका संयोजक अर्जुन बगालेले जानकारी दिनुभयो ।

साथै उक्त घुम्ती सेवालाई प्रभाबकारी र ब्यबस्थित बनाउन वाणिज्य दूतावास फुकुओकाको सहयोगमा घुम्ती सेवा सम्बन्धि अग्रिम बुकिङका लागि गूगल फाराम बनाई २०२३ फेब्रुअरी १८ तारीखमा प्रकाशन पनि गरिसकेकाले सेवा लिन इच्छुक क्युस्युबासी नेपालीहरुलाई अग्रिम नामदर्ताको लागि पनि अनुरोध गर्नु भयो ।

त्यस्तै घुम्ती सेवामा प्राप्त हुने सेवा, सेवा लिने प्रक्रियाका बारेमा विस्तृत रूपमा वाणिज्य दुतावास फुकुओकाका सचिब दीपक देवकोटा ज्युबाट यही मिति २०२३ फेब्रुअरी २५ तारिक शनिबारका दिन मिनोसिमा फ्यामिली मार्ट २ तल्ला (1 Chome-2-5 Minoshima, Hakata Ward, Fukuoka) मा बेलुका ७ बजे बाट घुम्ती सेवा सम्बन्धी जानकारीमूलक कार्यक्रमको आयोजना गरिएको हुनाले सम्बन्धित सबैमा सहभागिताको लागि एनआरएनए क्यूस्युका तर्फबाट संयोजक ज्यूले अनुरोध गर्नु भयो ।

कार्यक्रम

मिति: 2023/02/25 (SATURDAY)

समय : साझ 7: 00 बजे

स्थान : मिनोसिमा फ्यामिली मार्ट २ तल्ला

ठेगाना : 1 Chome-2-5 Minoshima, Hakata Ward, Fukuoka

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *