सोमबार, मंसिर ७, २०८३ · 2026年11月23日(月)

FN News – फुकुओका नेपाल न्यूज

समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास

विज्ञापनDream Wave

फुकुओकामा सोनाम ल्होसार वृहत सांस्कृतिक कार्यक्रम हुने

फुकुओका
डिसेम्बर ९
विगतका समयबाट नै सोनाम ल्होसारको अवसरमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको तामाङ्ग समाज क्युस्युले यस वर्ष पनि सोनाम ल्होसारको अवसरमा ल्होसार वृहत सांस्कृतिक कार्यक्रमको आयोजना २०२६ जनवरी २० तरीक मंगलबारका दिन फुकुओकाको ग्राण्ड मिराज ओभलमा गर्न लागेको छ । उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागी कलाकारहरु विश्व दोङ फुकुओका आउन लागेको तामाङ्ग समाज क्युस्युका सचिब बिसाल जिम्बाले बताउनु भयो ।
उक्त कार्यक्रममा नेपालबाट आमन्त्रीत कलाकारको वेजोड प्रश्तुती सँगसँगै फुकुओकालाई कर्मथलो बनाउनु भएका स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ । उक्त कार्यक्रमको टिकट नर्मल ४,००० येन तोकिएको र टिकटसँगै खाना र एउटा ड्रिक दिइने आयोजकले जानकारी दिनु भयो । उक्त कार्यक्रम साँझ ४ बजेबाट सुरुवात गरीने जानकारी तामाङ्ग समाज क्युस्युका संयोजक विक्रम घिसीङ्गले दिनु भयो ।

सम्बन्धित समाचार