無料イラスト【イラストAC】dashain-tika

२०२२ अक्टोबर ५

फुकुओका, नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा जापानको फुकओका सहरमा अवस्थित फुकुओका वाणिज्य दूतावासमा विजया दशमीको दिनमा भब्यताका साथ दसैंकाे टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अवैतनिक वाणीज्य दुतावास प्रमुख वाणिज्य दुत किमोतो युइचिरो ज्यु लगाएत जापानको फुकओकालाई कर्मक्षेत्र बनाइ विभिन्न पेशामा बसोबास गरिरहनु भयका विभिन्न ओहोदाका व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

परदेशमा परिवारसँग छुट्टिएर रहनु भएका नेपालीहरुलाई आफ्नो परिवारसँग बसेर चाडपर्व मनाउन न पाए पनि परदेशमा आयोजना गरिएको सानो कार्यक्रमले वर्षौं देखि परदेशमा रहनू भयका र विशेष त यसै वर्ष जापानमा प्रवेश गरी पहिलो पटक चाडपर्वमा परिवारबाट टाढिएर बस्नु परेका विधार्थीहरु गरी करीब ११० जना नेपालीहरुको सहभागीता रहेको वाणिज्य दूतावासका सचिव दीपक देवकोटा ज्यूले जानकारी दिनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *