Home » कार्यक्रम » नेपाल फेस्टिवल फुकुओका ऐतिहासिक रूपमा सुसम्पन्न
नेपाल फेस्टिवल

नेपाल फेस्टिवल फुकुओका ऐतिहासिक रूपमा सुसम्पन्न

नेपाल फेस्टिवल फुकुओका ऐतिहासिक रूपमा सुसम्पन्न भएको छ ।यस अवसरमा नेपाल फेस्टिबल फुकुओका, २०१८ को कार्यसमितिमा बसेर अहोरात्र खट्ने सबै साथीहरुलाई मुरी-मुरी धन्यबाद दिन चाहन्छु । कुनैपनि कुराको समालोचना जरूरी हुन्छ । स्वस्थ्य आलोचनाले सिकाउछ । वास्तवमा हामी सबै सिकारू नै हो । मेरो समिक्षा लेख्दैछु ।

इतिहास साक्षी छ । बिगत ७ बर्षदेखि बैसाखी-मेलाको नामबाट जसोतसो नेपाली नयाँ वर्ष फुकुओकामा पनि मनाएरै आएका थियौं। समय यसरी वदलिने कुरा उतिवेला थाहा भएको भए पक्कै पनि यो पहिलो नेपाल फेस्टिवल हुने थिएन ।

पक्कै पनि हामीसँग मात्र कच्चा रहर/सपना सहि तर एक भिजन अवस्य पनि थियों । जसले गर्दा आज आएर हाम्रो नेपाली मात्रको पहिचान बोकेर जापानको फुकुओकामा आफ्नै नयाँ वर्ष मनाउन हामी नेपालीहरू सक्षम भएका छौ । यो सुखद कुरा हो ।

समयको माँग र हाम्रो परिपक्कतासँगै हाम्रो विशेष पर्वलाई “नेपाल फेस्टिवल, फुकुओका” नामबाट यस वर्ष पहोलिपल्ट “नेपाल फेस्टिवल फुकुओका, २०१८” सम्पन्न गर्न सक्दा असिम आनन्द लागेको छ ।पक्कैपनि कार्यसमितिमा आफ्नो-आफ्नो जिम्मा लिनुभएका साथीहरुले आफ्नो समयको प्रबाह नगरी फेस्टिबल सफल पार्न निरन्तर लागिरहनु भयो र आज भव्य र सभ्य रूपले सफल पनि भयो । तर यो साथीहरूका लागि भविस्यमा गजबको एक अवसर थियो भन्ने अनुभूति  हुन सकोस मेरो चाहाना रहेको छ । मलाई लाग्छ, निरन्तरको प्रयास र ईमान्दारीले नै प्रगतिको पथमा अगाडी बढ्ने हो । चोर बाटो हिड्ने, छक्का पञ्जा गर्नेले एक छिनलाई हा-हु, हाइहाई गरेपनि समय आफैले अवस्य मुल्याङ्कन गर्ने रहेछ भन्नेमा मलाई पूर्ण विश्वास लागेको छ ।

नेपाल फेस्टिवल सफल पार्ने सबै साथीहरू हरेकजना महान हुनुहुन्छ । यसले हामी सबैलाई हौसला थपिदिएको पनि छ । आगामी वर्षका लागि साथीहरूको जोस-जाँगर देख्न पाउनु झन रमाइलो लागेको छ । फेरि पनि यसका लागि मेरो अन्तर आत्माबाट साथीहरूलाई धन्यबाद दिन चाहन्छु ।

स्मरणीय के छ भने यसपाली तपाईहरुले सिक्नु भनेको अर्कोबर्ष अझ परिपक्क हुनु हो र राष्ट्रसंग जोडिएको विषयले कति सिकाउछ ? यो साथीहरूले मनभरी मनन गर्नुभएकै छ ।यसकारण पनि अझ बढी संवेदनशील र थप जिम्मेवार हुनुपर्ने कुरा धेरै नै छन् ।

सत्य तितो हुन्छ । घोच्नलाई सोच्न पनि पर्दैन । तर भनेजति, सोचे जति हुनेभए हामीहरू आज जापानमै पनि हुन्थ्यौ वा हुनेथिएनौ भन्न सकिदैन । प्रयास गर्दै जाने हो । हो काम गर्न तेती सजिलो भने छैन । शायद कार्यसमितिमा बस्ने साथीहरुले सम्म मनन गर्नु भएको हुनुपर्छ । ठुल्ठूला देखि स-सानो कुरा गर्नेले अन्तिममा हात बढाउन पाउदैन या भनौ उसले सक्दैन । तर स-सानो मानवीय त्रृटिमा कोहि सहन र माफी दिन तयार हुदैन । यस्तो स्वभावले दुखाऊछ । रिसाउने त धेरै हुन्छन् । तर मनले खाएको मान्छेले पनि कुरा बुझेन भने थप दु:ख लाग्छ । कान्तिपुरले खबर त छाप्यो तर यसले उति आनन्द दिन सकेन । सबैको चित्त बुझाउन कठिन छ । जति नै मिहेनत गरेता पनि मानवीय कमि-कमजोरीहरु रहन्छन । यसपाली पनि थुप्रै र नयाँ कमजोरी पनि देखिए र सिकियो ।

गुनासोकै कारण समालोचना चाहिन्छ । समग्रमा हाम्रो कार्यक्रम सफल भएको छ । नेपाल फेस्टिवल फूकुओकाले हामीहरु सबैलाई एकआपसमा थप एकाकार बनाउनुको साथै केहि हदसम्म भएपनि नेपाली कला र संस्कृति जापानी महानुभवहरुसम्म देखाउन सफल भएका छौं । आउदा दिनहरुमा यसलाई व्यवस्थित र थप गुणस्तरीय बनाउनु पर्दछ ।

प्रत्येक वर्ष बढ्दै गएको जनसहभागिता अनुरुप यो वर्ष धेरै संख्यामा जापानिज  तथा नेपालीहरुको सहभागिता बढ्नुले यस  फेस्टिवलको निरन्तरतामा अब शंका गर्नुपरेको छैन । यो पनि निकै ठूलो उपलब्धी हो । साथीहरूलाई म बधाई भन्न चाहान्छु । फेरिपनि नेपाल फेस्टिवल फुकुओका, अबबाट मूलुकको प्रतिष्ठासंग जोडिन पुगेको छ । यसकारण पनि यसलाई अझ व्यवस्थित, मर्यादित र औपचारिक बनाउदै लानुको विकल्प हामीसंग छैन ।

बिभिन्न तह र तप्कामा रहेर सहयोग गर्ने सामाजिक संघ-संस्थाहरुका प्रतिनिधि ज्युहरु, अग्रज एवं सामाजिक व्यक्तित्वहरु ,व्यवसायी, स्पोन्सरज्युहरु, नेपालका महामहिम राजदुत सहितका संपूर्ण अतिथि महानुभावज्युहरु लगायत नेपाली मन बोकेका प्रिय साथीभाई,  मित्रजनहरुमा म रामकृष्ण श्रेष्ठ को व्यक्तिगत र नेपाल फेस्टिवलको संरक्षक समिति समेतको तर्फबाट हार्दिक-हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

अन्त्यमा, हामीहरुको सामान्य हेलचक्र्याई र कमि कम्जोरीहरुले हाम्रो राष्ट्रको इज्जतसंग तुलना गरी विश्लेषण गर्ने हुदा हामी सबैले आ-आफ्नो तर्फबाट आफ्नो नेपाल र नेपालीको बारेमा आपसमा पनि राम्रो कुराको प्रचार गरौ । फेस्टिवलको सफलताको कुरा गरौं । ताकी भोलिको फेस्टिवलको प्रतिक्षा आजैबाट होस । यसको फाइदा आगामी नेतृत्व र समग्र नेपाललाई पुग्न जाओस भन्ने कुरा दोहोराउन चाहान्छु ।

नेपाल फेस्टिवलको पवित्र अभियानमा आवश्यक परेको परिस्थितिमा हमेसा लागि पर्ने प्रतिबद्दता दोहोराउदै विदा चाहान्छु । नयाँ वर्ष २०७५ ले हामी सबैलाई गेङ्की राखोस । सुख, शान्ति, उन्नति र प्रगतिको लागि मंगलमय शुभकामना । जदौ ।

About The Author

ramkrishnashrestha

रामकृष्ण श्रेष्ठ

संयोजक : नेपाल फेस्टिवल संरक्षक समिति

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा ...