Home » समाचार » एन आर एन ए क्युस्युको विवाद अन्त्य गर्दै बैठक सम्पन्न
एन आर एन ए क्युस्युको विवाद अन्त्य
एन आर एन ए क्युस्युको विवाद अन्त्य

एन आर एन ए क्युस्युको विवाद अन्त्य गर्दै बैठक सम्पन्न

एन आर एन ए क्युस्युको विवाद अन्त्य गर्दै बैठक सम्पन्न

फुकुओका ,जापान
डिसेम्बर ५ ,२०१७

गैर आवासीय नेपाली संघ क्युस्युमा उब्जिएको विवाद केद्रीय समितिको पहलमा समाधान भएको छ ।
२०१७/१२/०४ मा क्युस्यु क्षेत्रीय संयोजक लक्ष्मण बानियाको अध्यक्षतामा बसेको नियमित बैठकले बिगतमा भएका घटनाक्रमहरुको समिक्षा गर्दै सम्पूर्ण सदस्यहरुसग हातेमालो गर्दै जाने र अंग्रेजी नया वर्ष २०१८ को कार्यक्रमलाई सफल बनाउन सबैलाई आव्हान गरेको छ ।गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कमिटीमा पछिल्लो समय देखिएको विवाद पूर्णरुपमा अन्त्य गर्दै आइसिसि अध्यक्ष भवन भट्ट ज्युले आत्मा साथ गरेको ”सबै हात एकै साथ् ” को नारालाई अनुसरण गर्दै जाने भएको छ। क्युस्यु कार्यसमितिमा रिक्त पद कोषाध्यक्षमा मोहन सिङ्ग मड़ाई ,सह-कोषाध्यक्षमा बिनोद भण्डारी ,र सदस्यमा सुशान्त भट्टराई लाइ मनोनयन गर्दै रिक्त पद पुर्ति गरेको छ।

एन आर एन ए क्युस्युको कार्य समितिमा रहेको आन्तरिक विवादलाई चिर्दै एक किसिमको सहमति बनेको छ जसमा केद्रीय अध्यक्ष टासी वा. लामा ज्यु लगाएत सम्पूर्ण केद्रीय कार्यसमिति पदाधिकारी ज्युहरु प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।२०१७-१९ को क्युस्यु कार्यसमितिमा भएको सम्पूर्ण विवाद पूर्णरुपमा अन्त्य भई जापानको १३ ओटा क्षेत्रीय कमिटि मध्ये नम्वर वान क्षेत्रीय कमिटि बनाउन सम्पूर्ण कार्यसमिती पदाधिकारीहरु एकबद्ध भई एन आर एन ए अभियानको नेतृत्व यस पटक जापानबाट भवन भट्ट ज्युले गर्नु भएकोले हातमा हात मिलाउदै सबै संग सहकार्य गरी यो अभियानलाइ सफल बनाउन संयोजक लक्ष्मण बानिया ,उपसंयोजक देवराज उप्रेती लगाएत कार्यसमिति पदाधिकारीहरु प्रतिबद्ध भएको जानकारी प्रवक्ता ज्योति केसीले बताए ।
एन आर एन ए क्युस्यु कार्यसमितिले केन्द्रिय कार्यसमितिको आपतकालीन राहत कोषको सहयोगार्थ नेपाल आइडल सास्कृतिक कार्यक्रम २०१८ मार्च १ मा भब्य रुपमा सफल बनाउन सबैलाई आवहान गरेको छ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

सेमिफाइनलबाटै बाहिरिएको छ अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल

काठमाडौं ,२ मंसिर । अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेटको ...