नेपाल तामाङ क्युस्यु अध्यक्षमा ग्यम्जो लामा चयन
फुकुओका ,जापान
नोभेम्बर २८ ,२०१७
नेपाल तामाङ समाज, जापान क्यशु क्षेत्रिय समितिको दोश्रो अधिबेशन नोभेम्बर २५ तारिख भव्यरुपमा सम्पन्न भएको छ ।फुकुओका सिटीको हाकातामा अवस्थित बाजेको सेकुवा हाउसमा साझ ७ बजे देखि सुरुभएको अधिबेशनबाट निवर्तमान सचिब ग्यम्जो लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।
उक्त अधिबेशन सम्पूर्ण नेपालीहरुका बीच पारस्परिक सम्पर्क, समन्वय, सहयोग र सुमधुर सम्बन्धको विकास तथा जातिय सदभाव र भातृत्वको अभिवृद्धि गरौ भन्ने मुल नाराको साथ सम्पन्न भएको कुरा नवनिर्वाचित सचिब अनिस लामाले फुकुओका डट न्युजलाई बताए।
आफ्नो जातिय पहिचान ,सस्कार र सस्कृतिलाइ विदेशको भूमिमा पनि जिवन्त राख्दै सम्पूर्ण क्युसुबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सग हातेमालो गर्दै जाने नवनिर्वाचित अध्यक्ष ग्यम्जो लामाले बताए ।
नयाँ कार्य समिति चयन हुनेहरु यसप्रकार रहेको छ
बिष्णु ब. तामाङ (सल्लाहकार)
हस्त लामा (सल्लाहकार)
ग्याम्जो लामा (अध्यक्ष)
आशिष योन्जन (उपाध्यक्ष)
अनिष लामा (सचिव)
यम लाल घिसिङ (सहसचिव)
ललिता लामा (कोषाध्यक्ष)
उन्नती लामा (सह-कोषाध्यक्ष)
सदस्यहरुः-
बिक्रम घिसिङ, रबिना लामा, पंकज घिसिङ, पदम तामाङ, मुनाम लामा, कुन्संग तामाङ, उमेश तामाङ
दोश्रो अधिबेशनमा क्युस्युमा रहेका तामाङ दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रम निबर्तमान अध्यक्ष बिष्णु तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने निबर्तमान सचिब ग्याम्जो लामाले सन्चालन गरेका थिए ।