तामाङ समाज क्युस्युको दोस्रो अधिबेशन हुने
फुकुओका ,जापान
नोभेम्बर २२ ,२०१७
तामाङ समाज क्युस्यु, जापानको दोस्रो अधिबेशन नोभेम्बर २५ तारिक हुने भएको छ। फुकुओका सिटीको हाकातामा अवस्थित बाजेको सेकुवा हाउसमा साझ ७ बजे देखि ९ बजे सम्म हुने भएको छ। आज भन्दा २ बर्ष पहिले फुकुओकामा रहेका तामाङहरु एकीकृत भई सम्पूर्ण नेपालीहरु बीच पारस्परिक सम्पर्क, सहयोग र सुमधुर सम्बन्धको विकास तथा जातिय सदभाब र भातृत्वको अभिवृद्धि गरौ भन्ने उद्देश्यले गठन गरिएको कुरा उक्त समाजका सचिव ग्याम्जो लामाले फुकुओका नेपाल डट न्युजलाई बताए।
यस संस्था स्थापना सँगै फुकुओकामा हुने विविन्न खालको कार्यक्रममा सहभागी हुने, कला, सस्कार र सस्कृती जापानिजहरु माझ देखाउने, भई परि आउने समस्या समाधानमा आपसमा सरसहयोग लगाएत नेपालको दुर्गम क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत संकलित रकम शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोप तथा आपतकालीन घटनाहरुमा सहयोग गर्दै आइरहेको छ। यी यस्ता कामहरुमा सधै लागिरहन अभिप्रेरित सँगै सामाजिक कार्यक्रमहरुलाई व्यवस्थित गर्नको लागि र एक स्वतन्त्र, समाबेशी र समानुपातिक रुपबाट सस्थालाई अगाडी बढाउन अधिबेशन गर्न लगिएको हो। अधिबेशनमा २ बर्षे कार्यकालको समिक्षा र भाबी योजना लगाएत अन्य बिबिध बिषयमा छलफल हुने भएकोले क्युस्यु बसी सम्पूर्ण तामाङ दाजु भाइ तथा दिदीबहिनीहरुलाई यसै सूचना आधारमानी उपस्थित हुन आयोजकले आग्रह गरेको छ।
