Home » समाचार » रोकिएको भेन्टिलेटर खरिद प्रक्रिया अघि बढ्यो

रोकिएको भेन्टिलेटर खरिद प्रक्रिया अघि बढ्यो

काठमाडौं, २ मंसिर । स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक भेन्टिलेटर एकै पटक १४ वटा खरिद गर्ने भएको छ । भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापाले पहल गरनुभएको थियो । तर अर्थ अभावले खरिद प्रक्रिया रोकिएको थियो ।

‘यसपटक आर्थिक विनियोजनसमेत भई भेन्टिलेटर खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मैले स्वीकृति दिइसकेँ’, विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले भन्नुभयो।

एउटा भेन्टिलेटरको करोडौँ मूल्य पर्ने बताइन्छ । सरकारी तथा निजी अस्पतालमा हाल २ सय भेन्टिलेटर पनि छैनन् । खरिद गरिने ती उपकरण विभागले सातै प्रदेशअन्तर्गतका अस्पतालमा कम्तीमा एक एक बाँकी अति आवश्यकताका आधारमा जडान गर्ने महानिर्देशक डा. पन्तले जानकारी दिनुभयो । भेन्टिलेटरको प्रयोग विशेष गरी नवजात शिशुको उपचारमा हुने गर्छ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...