सल्यान, २  मंसिर । बाग्चौर नगरपालिका १ कोटबेद र ३ खालीमा मतदाता शिक्षा प्रचार सामग्री र पार्टीका पम्प्लेट अज्ञात समूहले जलाएको छ । बाग्चौर १ कोटबेदमा निर्वाचन स्वयंसेवक तोला बस्नेतको घरमा गई उहाँलाई धम्काएर प्रचारका लागि राखेका मतदाता शिक्षा पत्र, पम्प्लेट तथा खालीमा बाम गठबन्धनका पम्प्लेट जलाएको हो ।

उक्त समूहले बिहीबार राति पम्प्लेट र मतदाता पत्र जलाएको निर्वाचन सुरक्षा समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । उहाँले मतदातापत्र तथा पार्टीका पम्प्लेट जलाउनेको खोजी भइरहेको जानकारी दिनुभयो । मतदाता शिक्षाका लागि गाउँगाउँ खटिएका अन्य स्वयंसेवकले लगेका प्रचार सामग्रीको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिसकेको उहाँले बताउनुभयो । खालीमा पार्टीका प्रचार सामग्री जलाउने नेत्रविक्रम चन्द नेतृत्व नेकपा कार्यकर्ता भएको स्वयंसेवक बस्नेतको भनाइ छ ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *