छब्बीस तोला सुन

रसुवा, २ मंसिर ।  रसुवागढी नाकाबाट शनिबार बिहान करिब १० बजे नेपाल प्रहरीले १७ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी प्रमुखसहितको टोलीले बोलेरो जिपबाट उक्त परिमाणको सुन बरामद गरेको हो । विशेष सुराकी पाएपछि प्रहरीले शनिबार बिहान रसुवागढी नाकाबाट बा ११ च ७९१८ नम्बरको बोलेरो जिपबाट सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख शरतकुमार थापा क्षेत्रीले बताउनुभयो।

केरुङबाट सुन आउँदै छ भन्ने कुरा विषेश सुराकीबाट थाहापाए पछि रसुवागढी नाकामा शनिबार बिहानदेखि आफैं चेकजाँचमा खटिएको उहाँले बताउनुभयो । बोलेरो जिपमा छुर्पी २ बोरा, न्यापकिन र ट्वाइलेट पेपर ल्याइएको थियो । जिप जाँचको क्रममा त्यही समानभित्र लुकाएर राखेर १७ किलो सुन भेटिएको हो । जिप चालक पार्वतीकुण्ड गाउँपालिका–५ का वर्ष ३१ वर्षीय कर्साङ दावा तामाङलाई पनि नियन्त्रणमा लिइएको छ ।

नाकामा अहिले अन्य सवारीसाधनलाई पनि कडा चेक जाँच भइरहेको छ । थापाले भने सुन मालिक को हो र कहाँ लगिँदै थियो भन्ने विषयमा हामी थप अनुसन्धान गरिरहेका छौं ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *