२ मंसिर । चलचित्र ‘छक्का पन्जा २’को टिमले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ५१ दिने सेलिव्रेशन गरेको छ । असोज ११ गतेबाट रिलिज भएको चलचित्रले कात्तिक ३० गते ५१ दिनको सफलता पार गरेको हो । चलचित्रले ५१ दिनको सफलता पार गर्दै केही किर्तिमान समेत बनाएको छ । चलचित्रले ओपनिङ ब्यापार, एक साताको व्यापारमा नयाँ रेकर्ड बनाएको हो । ५१ दिनसम्म चलचित्र काठमाण्डौका केही हलमा चलिरहेको छ । यही, अवसरमा काठमाण्डौको सीटी सेन्टरमा आयोजना भएको कार्यक्रममा हाँस्य कलाकार हरिवंश आचार्यले केक काट्नुभयो।
चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रमा केही कमजोरी भएपनि दर्शकले माया गरिदिनु भएको भन्दै खुशी व्यक्त गरनुभयो । उहाँले, आगामी दिनमा अझ उत्कृष्ट चलचित्र बनाउने बाचा समेत गरनुभयो । चलचित्रकी निर्देशक दीपाश्री निरौलाले कमीकमजोरी भएपनि सुधार्दै अगाडि बढ्ने बताउनुभयो ।
चलचित्रको सफलतामा यसको टिमलाई मायाको चिनो पनि वितरण गरिएको थियो । चलचित्रका निर्देशक, निर्माता, कलाकार, प्राविधिक सबैलाई मायाको चिनो वितरण गरियो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, बर्षा राउत, स्वस्तिमा खड्का, जीतु नेपाल, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, स्वरुपपुरुष ढकाल लगायतको उपस्थिती थियो ।