८३ वर्ष पुगेका एकजना व्यक्तिले यस्तो चमत्कार गरेर देखाइदिएकी दुनियाँनै अचम्ममा परेको छ । उहाँको उमेरका धेरै मानिसहरु निस्क्रिय हुन्छन् । तर उहाँले यस्तो उपलब्धि हासिल गरनुभएको छ कि त्यो अद्वितीय छ । तर उहाँको यो उपलब्धि यो बुढेसकालको मिहिनेतबाट मात्र सम्भव भएको होइन । उहाँले यसका लागि जीवनका ५० वटा वसन्त खर्चिनुभएको छ ।

उहाँको अथक परिश्रमबाटै उहाँ अहिले उत्तर अमेरिकाकै सबैभन्दा ठूलो परमाणु प्रतिरोधी निजी आश्रयस्थलका मालिक बन्नुभएको छ । ब्रुस बिच नामका  यी वृद्धले आफ्नो घरको पछाडिरहेको खाली जग्गामा जमिनमुनि एउटा यस्तो बंकर बनाउनुभएको छ जसको नाम ब्चप त्धय राखनुभएको छ । सन् १९८० मा ४२ वटा स्कुल बसको सहयोगमा यो तयार गरिएको हो । यो बंकरले आणविक हमला झेल्ने क्षमता राख्दछ ।

यस कार्यमा बस किन्नका लागि उहाँले लाखौँ खर्च गर्नुभयो । त्यसपछि १० हजार वर्गफिट चौडा सुरुंगमा यी ४२ वटा बसलाई यस्तो तरिकाले एकसाथ जोडेर राखनुभयोकि बस नै सुरुङ जस्तो बन्याे । सन् १९८० देखि उहाँले जमिनमुनि बस हाल्न सुरु गरनुभएको हो । अन्ततः ५० वर्षको लगातारको मेहेनतपछि उहाँले यसलाई एउटा सुरक्षित बंकरको रुप दिन सफल हुनुभएको छ ।

यस बंकरमा सुत्नका लागि साढे ३ सय बेड छन् । साथै खानपिन गर्ने सरसामान तथा मनोरञ्जनका साधन पनि राखिएको छ । उहाँले यसअघि अबको २ वर्षभित्रमा यो संसारको अन्त्य हुने बताउनुभएको थियो । समुद्र निकै डरलाग्दो गरी चल्मलाउनु यसको संकेत भएको उहाँ बताउँनुहुन्छ । तर अब संसारको अन्त्य हुने दिन केवल २ हप्तामात्र टाढा रहेको र आफ्नो त्यो भविष्यवाणी नमिलेमा पुनः अर्को तिथि तोक्ने उहाँले बताउनुभयो ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *