Home » समाचार » ओखलढुंगामा बम प्रहार

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान ओखलढुंगामा बम विस्फोट गरिएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार विस्फोटमा मानवीय क्षति भने भएको छैन । सवारी साधनमा भने सामान्य क्षति भएको छ । घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

वाम गठबन्धनको चुनावीसभामा नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली कांग्रेसको चुनावीसभामा भने कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

सेमिफाइनलबाटै बाहिरिएको छ अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल

काठमाडौं ,२ मंसिर । अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेटको ...