Home » समाचार » ७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी भुजेल मकै छोडाउँदै हुनुहुन्थ्यो । भोट माग्दै घरदैलोमा रहनुभएका बाम गठबन्धका जुझारु एवं यूवा उम्मेदवार दिपक कोईराला पनि आमा नमस्कार भन्दै त्यहिँ पुग्नुभयो । दिपकलाई देखेपछि बृद्धाले स्वागत सत्कार सहित आँफ्ना गुनासाहरु सुनाउन थाल्नुभयो “के गर्ने बाबु मकै छोडाउँदै छु, उमेर ढल्केपछि हात दुख्दा रहेछन, छोडाउनै पर्यो” ।

भोट माग्न जानुभएका कोईराला एकैछिन भएपनि तीनै आमासंग मकै छोडाउने काममा लाग्नुभयो र बाम गठबन्धनको पक्षमा भोट माग्नुभयो । कोईरालाले भोट मात्र माग्नुभएन आँफ्नो  जीतपछि मकै छोडाउनका लागि एक घर एक हाते मेसिनको बाचा समेत गर्नुभयो । एकैछिनको भलाकुसारीमै भुजेलले आँफ्ना दुखहरु सुनाँउदै बृद्धभत्ता थोरै भएको गुनासो समेत गर्नुभयो । उहाँका कुरा सुनीसकेपछि दिपकले पनि लक्ष्मीजस्ता थुप्रै आमाहरुको मुहारमा खुसी ल्याउन, बृद्धभत्ता बढाएर ५ हजार सम्म पुर्याउन र देशमा स्थायी सरकार निर्माण गर्न आँफूले उम्मेदवारी दिएको र ती काम पूरा गरेरै छाड्ने बाचा सहित भुजेलसंग आसिर्वाद लिनुयो ।

यसैबीच पोखरा लेखनाथको वडा नं ३२ मा घरदैलोमा रहनुभएका बाम गठबन्धनका साझा उम्मेदवार दिपक कोईरालाले सातमुहाने हुँदै, जनताको चौतारो चैनपुर लगायतका ठाउँका जनताहरुसंग भलाकुसारी सहित मत माग्नुभएको छ । घरदैलो अभियान जारी रहेको र साँझसम्म वडा नं ३२ का विभिन्न ठाउँमा पुग्ने कार्यक्रम रहेको बाम गठबन्धन चुनाव प्रचार कमिटिले जनाएको छ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...