धनगढी, ३० कार्तिक।  प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले उहाँलाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेको विषयमा धनगढी पुगेर टिप्पणी गर्दै आफू अझै दुईपटक प्रधानमन्त्री हुने दाबी गरनुभएको छ । ‘मलाई ज्योतिषले सातपटक प्रधानमन्त्री हुने बताएका छन् । म अझै दुईपटक प्रधानमन्त्री हुन्छु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘म तपाईंहरुको घरको मान्छे हुँ, जुनबेला पनि मलाई भेट्ने, समस्या सुनाउने, गाली गर्ने सबै अधिकार तपाईंहरुसंग छ ।  देउवाले प्रदेश नं ७ मा आफ्नो पार्टीले संसदीय निर्वाचन क्षेत्रका प्राय सबै सिट जित्ने दाबी समेत गरनुभएको छ ।

 

सुदूरपश्चिमलाई जोड्ने २२ पुलदेखि सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा भएका विकास आफ्नै प्रयासले भएको पनि देउवाले बताउनुभयो । ‘यो क्षेत्रबाट प्रधानमन्त्री हुनसक्ने व्यक्ति तत्काल अर्को कोही पनि छैन,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री हुने म नै हुँ त्यसैले यो क्षेत्रका जनताले कांग्रेसलाई सबैभन्दा बढी सिटमा विजयी बनाउने छन् । नेपाल प्रेस युनीयन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले लोकतन्त्रको उपयोग मात्र गर्ने तर, यसको संस्थागत सुदृढीकरणसंग उनीहरुको कुनै सम्बन्ध नहुने बताएका थिए । ‘कम्युनिष्ट शासन व्यवस्थाभन्दा लोकतन्त्र नै उपयुक्त हुने भएकाले जनता कांग्रेसको पक्षमा उभिएका छन्,’ उहाँले भन्नुभयो ।

 

प्रधानमन्त्री देउवाले वामपन्थीहरुले निर्वाचन जिते देशमा कम्युनिष्ट अधियनायकवाद स्थापना हुनसक्ने आशंकाले जनतामा त्रास फैलिएको दाबी पनि गरनुभएको थियो । उहाँले वाम गठबन्धनकै कारण विगतका निर्वाचनमा कांग्रेसले पाएको मतभन्दा बढी मत पाउने र झन् बलियो हुने बताउनुभयो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *