काठमाडौं, ३० कार्तिक । वाम गठबन्धनका प्रमुख नेताले सरकारकै योजनामा गठबन्धनका नेतामाथि आक्रमण हुने गरेको आरोप लगाएका छन् । एमाले र माओवादी केन्द्रले सरकारकै योजनामा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएका हुन्। दुई दलले आज संयुक्त पत्रकारसम्मेलन गरेर बाम गठबन्धनप्रति नागरिकको उत्साह देखेर सरकारले आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाए । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गरेर बाम गठबन्धनका नेता कार्यकर्ताविरुद्ध उत्रिएको भन्दै कांग्रेसलाई संयम हुन आग्रह गरनुभयो ।

अझै पनि चुनाव सार्न सकिन्छ कि भनेर सरकारले अनेक हर्कत गरेको ओलीको आरोप छ । कांग्रेस कुनै विचार र भिजन नभएको पार्टी भएको भन्दै एमाले अध्यक्ष ओलीले चार पटकसम्म प्रधानमन्त्री हुँदा पनि कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्य चलाउन नजानेको बताउनुभयो । वाम गठबन्धन कसैलाई चुनाव जिताउनको लागि मात्रै नभई देशमा सुशासन र समृद्धिको लागि भएको ओलीको भनाइ छ । चिनियाँ कम्पनीसँग भएको बुढीगण्डकी आयोजनाको सम्झौता तोडेर सरकारले नियम कानुन तोडेको र विदेशी लगानीकर्तालाई चिढ्याएको ओलीले आरोप लगाए । पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका मन्त्रीले नै बाम उम्मेदवारलाई धम्की दिने र आक्रमण गर्नेको पहिचान हुँदासमेत पक्राउ नपर्नुले सरकारमाथि गम्भिर शंका गर्ने अवस्था आएको बताउनुभयो ।

प्रचण्डले सरकारको यो कदम नेपाली कांग्रेसका लागि दुर्भाग्यपुण हुने र सरकारले सुरक्षा दिन नसकेमा नागरिकलेले नै यस्ता आपराधिक क्रियाकलापको नियन्त्रण गर्ने चेतावनी दिनुभयो । सरकारले चुनावलाई प्रभावित पार्ने गरी सरुवा बढुवा र नियुक्ती गरिरहेको भन्दै सरकार नै आचारसंहिता उल्लंघनमा लागेको आरोप छ ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *