गुल्मी, ३० कात्तिक । नेकपा (एमाले) का केन्द्रीय सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार गोकर्ण विष्टले मुलुकलाई गरिबीको रेखाबाट माथि उठाउन एउटा नयाँ अभियान जरुरी रहेको बताएका छन् । बुधबार धुर्कोट गाउँपालिकामा चुनावीसभालाई सम्बोधन गर्दै देशमा विकासको अभियानलाई अगाडि बढाउन वाम गठबन्धन भएको समेत उहाँले बताउनुभयो ।

अहिले निर्वाचनका लागि गठबन्धन भएको र त्यसपछि पार्टी एकता हुने भन्दै उहाँले चुनावपछिको सरकारले मुलुकको विकास निर्माणलाई अभियानका रुपमा अघि बढाउने बताउनुभयो। उहाँले विगतका चुनावमा कांग्रेसले पटकपटक बहुमत ल्याए पनि मुलुकको विकास अगाडि बढ्न नसकेको भन्दै अब निर्वाचनपछि बन्ने वामपन्थीको स्थायी सरकारले मुलुकलाई विकासको अभियानमा लैजाने दाबी गरनुभयो ।

‘अब पनि देशलाई अविकसित रहिरहन दिन सकिँदैन,’ उहाँले भन्नुभयो, ‘यसैले यसपटकको चुनावमा एमाले र माओवादी केन्द्र एक भएकाले दुई तिहाइभन्दा बढी बहुमत ल्याउँछ ।उहाँले चुनावपछिको सरकारले मुलुकलाई मुलुक नयाँ दिशामा अगाडि बढाउँदै पाँच वर्ष स्थायी सरकार चलाउने स्पष्ट पारनुभयो । नेता विष्टले जिल्लाको विकास निर्माणमा आफू सधैँ गुल्मेली जनताको साथमा रहेकाले पनि जनताले धेरै माया गरेर जिताउने विश्वास   उहाँले  व्यक्त गरनुभयो।

कार्यक्रममा प्रदेशसभा सदस्य माओवादी पोलिटब्यूरो सदस्य दिनेश पन्थीले आर्थिक समृद्धिसहितको मुलुक निर्माणका लागि वाम एकता भएर चुनावी मैदानमा आएको बताए ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *