पोखरा,३० कार्तिक । पर्यटन यातायात समिति कास्कीले १७ औं वार्षिकोत्सवको अवसरमा विहिबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पहिलो रक्तदाता समितिका दितिय उपाध्यक्ष बाबुराम पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

समितिले पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने महानुभावहरुलाई प्रमाण वितरण गरिएको थियो । समितिका अध्यक्ष बोबरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सुरेश दहालले र कार्यक्रम संचालन महासचिव नवराज अधिकारीले गरेका थिए ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *