पोखरा, ३० कार्तिक । बाम गठबन्धन पोखरा लेखनाथ महानगर १० को पहिलो चरणको चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको थियो भित्रका सम्पूर्ण टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको चुनाव प्रचार प्रसार समिती वडा नम्बर १० का प्रचार प्रसार संयोजक सूर्य बहादुर बानियाले जानकारी दिनुभएको थियो। बानियाका अनुसार पहिलो चरण अन्तर्गत वडा बासीको घर घरमा पुगी घरदैलो गर्ने कार्यक्रम सम्पन्न भएको र मंगलबार मात्रै घरदैलो कार्यक्रम अन्तर्गत हस्पिटलचोक, गौरीशान्तिमार्ग, रक्षामार्ग, शान्ति पथ, गोर्खा लाइन, गौतम बुद्ध मार्ग, रामघाट, पिपलडाली चोकमा घरदैलो कार्यक्रम सम्पन्न भएकोथियो ।
मंगलबार नेकपा एमाले क्षेत्र नम्बर १ ख का समानुपातिक उमेदवार गजकुमारी गुरुङको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको बानियाले वताउनुभएको थियो। वडा नम्बर १० बासीहरु बाम गठबन्धनका उमेदवारहरु लाइ मत दिन समेत तयारी अवस्थामा रहेको पाइएको चुनावी प्रचार प्रसारको क्रममा भेटिएको समेत बानियाले जानकारी दिनुभएकोथियो । चुनावी प्रचार प्रसार अन्तर्गत भोलीदेखि दोश्रो चरणको चुनावी प्रचार प्रसार गरिने चुनावी प्रचार प्रसार समिती वडा नम्बर १० का सचिव राजु श्रेष्ठले जानकारी दिनुभएको थियो। श्रेष्ठका अनुसार दोश्रो चरणको चुनावी प्रचार प्रसार अन्तर्गत विभिन्न टोलहरुमा कोण सभा, विभिन्न सामाजिक संस्थाहरु, आमा समुह, टोल बिकास संस्था, युवा क्लव, विद्यार्थी संगठन हरु संग भेटघाट तथा मतदाता शिक्षा कार्यक्रमहरुको आयोजना गरिनेभएको छ ।