Home » समाचार » सरकार निकै संकीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको छ : ‘प्रचण्ड’

सरकार निकै संकीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको छ : ‘प्रचण्ड’

काठमाडौं, २९ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनीसँग गरेको सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको बताउनुभएको छ । आफूहरु मुख्य घटक भएपनि सरकार एकलौटी रुपमा चलेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।  प्रचण्डले भन्नुभयो, ‘सरकारका सहभागी प्रमुख दलको सहमति विना निर्णय गर्न मिल्दैन ।

आफ्ठ्यारो अवस्था आए भूमिका खेल्न सकिन्छ भनेर मात्र सरकारमा बसेको उहाँको दाबी छ । माओवादी अध्यक्ष प्रचण्डले बुढिगण्डकीको सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको बताउनुभयो। धेरै मेहनत गरेर बुढीगण्डकी आयोजनामा सम्झौता गरिएको र यो सफल हुँदा आर्थिक क्रान्ति नै हुने अवस्था रहेको भन्दै उहाँले भन्नुभयो ‘एकलौटी ढंगले खारेज गरिएको छ । यो सरकार आर्थिक विकास र सम्बृद्धितिर होइन, निकै संकीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको छ भन्ने प्रमाण हो ।

उहाँले अघि भन्नुभयो, चीन सरकारका प्रतिनिधिसमेत बसेर गरेको सम्झौता हो । त्यो खारेज गरेर गलत गरेको छ । प्रचण्ड सरकारको अन्तिम समयमा १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो । यो आयोजनाले वन बेल्ट वन रोडमा राख्न समेत प्रस्ताव गरिएको छ । तर, संसदीय समितिले निर्देशन दिएको भन्दै देउवा सरकारले हालै मात्र सम्झौता खारेज गरेको छ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी ...