Home » समाचार » स्थिर सरकार बनाउन नै वाम गठबन्धन बनेको

स्थिर सरकार बनाउन नै वाम गठबन्धन बनेको

पोखरा, २९ कात्तिक ।  नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले मुलुकमा स्थिर सरकार बनाउन नै वाम गठबन्धन भएको बताउनुभएको छ । प्रतिनिधिसभा कास्की क्षेत्र नं १ को पोखरा–लेखनाथ महानगरपालिका–१३ गौडाको मुखमा निर्वाचन प्रचारप्रसार कार्यालयको मंगलबार उद्घाटन गर्दै उहाँले स्थिर सरकारले मात्रै देशमा विकास गर्नसक्ने भएकाले वाम गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । प्रदेश नं १ (ख) का उम्मेदवार मनबहादुर गुरुङले प्रदेशलाई आर्थिकरुपमा समृद्ध बनाउन आफूले अहोरात्र काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन परिचालन कमिटिका संयोजक वेदबहादुर गुरुङको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

 

यसैबीच, एमाले निर्वाचन आयोगका अध्यक्ष तथा पार्टीका समानुपातिकतर्पmका उम्मेदवार सोमनाथ अधिकारी ‘प्यासी’ले कास्की क्षेत्र नं २३ को चुनाव प्रसारप्रचार समिति कार्यालयको उद्घाटन गर्दै लामो समयको अथक प्रयासपछि नेपालमा रहेका ठूला वामपन्थीबीच गठबन्धन भएको विचार व्यक्त गर्नुभयो । सो अवसरमा प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार जगत विश्वकर्मा, प्रदेश नं ३ (ख)का उम्मेदवार राजीव पहारी र पूर्व सांसद सीता गिरी ओलीलगायतका वक्ताले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

 

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी ...