Home » समाचार » ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगोलागी

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगोलागी

ललितपुर, २९  कार्तिक । मंगलबार साँझ ६ बजेबाट ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । प्लाष्टिकमा लागेको आगोमा पानी हाल्दा झन् बलेपछि निभाउन समस्या भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी १२ वटा दमकलले आगो निभाउन प्रयास गरेकामा केहि निभेपछि अहिले ४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

प्रहरीका अनुसार प्लाष्टिकमा भएको केमिकलका कारण १६ घन्टासम्म पनि आगो पूर्ण रुपमा निभाउन कठिनाइ भएको हो । आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको र सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल प्रयोग भइरहेको त्यहाँ खटिएका प्रहरीले जनाएको छ । प्लास्टिक उद्योगमा लागेको आगो निभाउन नागरिक उड्डयन प्राधिकरणको पनि सहयोग लिइएको छ । निजी ट्याङरबाट पनि पानी ओसार्ने र छ्याप्ने काम भइरहेको उहाँले बताउनुभयो ।

आगोले करौडौको क्षति गरेको छ । आगोले तीनवटा उद्योगमा धेरै क्षति पुर्याएको छ । औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुर्याएको हो ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी ...