Home » जापान डायरी  » वडो गजबको परम्परा, संस्कार अर्थात प्रचलन
वडो गजबको परम्परा, संस्कार अर्थात प्रचलन
वडो गजबको परम्परा, संस्कार अर्थात प्रचलन

वडो गजबको परम्परा, संस्कार अर्थात प्रचलन

वडो गजबको  परम्परा, संस्कार अर्थात प्रचलन

फुकुओका , १६ नोभेम्बर

जापान डायरी
आज म भूगोल, संस्कार र प्रचलनका कुरा गर्छु । संसारमा ठिक र बेठिक पनि नहुँदो रहेछ । हरेक समाजका आ-आफ्नै मूल्य र मान्यता हुन्छन् । यसैमा टेकेर आफैले ठिक/बेठिक धोषणा हुने कुरा रहेछन् । अनेकौ संस्कार र प्रचलन पनि छन् । समाजै पिच्छे मान्यताहरू फरक हुन सक्छन् । यिनै मान्यता अर्थात सिकाईहरू पुस्तान्तरण हुदै जान्छन् । वडो गजबको छ परम्परा, संस्कार अर्थात प्रचलन । हो आज म यसैको कुरा गर्छु ।
सुनामी र ताइफुन हेरी आफ्नो भूपरिवेष्ठित मूलुकको स्वाद विशेष छ । आकासमा उड्दा होस वा पानीमा तैरिदा, जमिनमा नफर्कदा सम्म मन स्थिर हुन पाउदैन । सुख, सम्पन्नताका कुरा पनि निकै सापेक्षित रहेछन् । समय, व्यक्ति र परिस्थिति उस्तै । साथीहरू, आज म अलिकति डुलाउँछु ।
सन् २०११ मा जापान आइपुग्दा भेज र ननभेज पस्कने एउटै डाडु थियो । भेजहरूले आफूलाई कतिपटक जोगाउनुपर्छ, भनीसाध्य छैन् । सन् २०१३ मा टर्की (अंकारा) पुग्दासम्म निकै भोक लागेको थियो । के-के खुवायो, थाहै भएन । एकजना सरले नुहाउनुभयो । जनै फेर्नुभयो । हाम्रो मनमा पनि लामोसमयसम्म वादल लाइरह्यो ।उनीहरूले खाएकै उत्कृष्ठ वस्तु खुवाएको हुनुपर्छ । तर संकेत काफी छ । अन्जानमा सबै माफ भयो । विदेशका कुरा विदेशसम्मै भनेर पचाइयो । सन् २०१५ मा श्रीलंकाको यात्रा जुर्यो । टिमनेता अतिविशिष्ठ हुनुहुन्थ्यो । त्यो पनि विशुद्द भेजिटेरिएन । बुद्दको मन्दिर जाने कार्यक्रम थियो । चिया-खाँजाको आयोजना गरेको रहेछ । पाहुना मध्ये २ जना भेजेटेरिएन भनेपछि पुजारीको सातो उड्यो । भेजिटेरिएनले के खान्छन् ? यस्तो पो सोध्यो उँ । हामीहरू पनि रुनु न हास्नु भएका थियौं । संझदा आजपनि रमाइलो लाग्छ । सामुद्रिक खाना खानेहरूको संसार वेग्लै हुँदोरहेछ । हामी नेपाली वास्तवमै विशेष छौं ।
हाम्रो खाना पनि विशेष छ । हाम्रो शरिरबाट मसलाको विशेष महक आउछ रे । यस्तो मसालेदार स्वाद सबैलाई स्वाद पर्छ भन्ने छैन् । संसारमा सर्वथा ठिक र बेठिक भन्ने नै हुँदैन । यीनै सामाजिक मान्यताको कुरा गरिरहेछु म । हामीहरू दाल भात खान्छौ, भात खानका लागि सितन यानी तरकारी चाहिन्छ । भातको सिङ्गा डल्ला त हामीले पिण्ड चढाउछौं । एक दिन जापानी साथीले भनी, भात मुछेर खानेभए सँगै खादैन । जापानीसँग कृपया यसरी नखानु । उसको सुझावमा व्यङ्गय होइन, प्रेम थियो । उ चाहान्थी, फेरि पनि सँगोलमा खाना खान । भातमा दाल यानी तरकारी मिलाउदा हालत यो भयो । अझ, हातैले मुछेर स्वाम्म पार्ने कुरा त सोच्न पनि सकिन्न । जबकी स्वादिलो खाना चम्चाले खानु भनेको, मेरा लागि तातो पानीले तिर्खा मेटाएझै हो ।
जापानमा अलि लामो समय जसो सिक्ने मौका मिल्यो । वर्षौ बस्दाको अनुभवमा लेख्दैछु, मान्यताहरूले कति फरक पार्दोरहेछ । एक दिन पार्टीमा जान निम्ता आयो । निम्तामा पुगेर आफ्नो विल आफै तिर्नुपर्ने चलन पो रहेछ । झसंग भइयो । आयोजना गर्नेले कहिले त रकम तोकेरै निम्ता गर्ने पनि देखियो । ताकि जानेले आफ्नो बजेटबारे समयमै निर्णय लिन सकुन् । मनमा लाग्यो, निम्तालुलाई बोलाएर विल उनैलाई तिर्न लाउने । कस्तो गजब । समय ठूलो कुरा छ, जापानमा । घण्टाको सरदर ८ डलर आम्दानी छाडेर कसैको निम्तामा उपस्थित हुनु र उल्टो खर्च गर्नु चानचुने कुरा नहुने रहेछ । खासगरी कार्यक्रम आयोजना गर्न र सहभागी हुने दुवैका लागि ।
एक दिनको कुरा हो । जापानी २ मित्रहरूलाई हामीले पनि खानामा बोलायौं । उनीमध्ये एक म जस्तै सरकारी जागिरे छन् । हामीहरू सँगसँगै व्याट्मिन्टन पनि खेल्छौं । अर्का साथी मेरो छोरा अशलका भाषा शिक्षक हुन् । अ साच्ची ! जापानमा नेपाली रेस्टोरेण्टहरू मनग्ये छन् । घरमा के मिल्ला नमिल्ला । नेपाली रेस्टुरेण्टमा नै लैजानु अनुकूल भएकाले उतै जाने निर्णय गरियो । हाम्रो निम्तालाई स्वीकार गरेर उनीहरू पनि आइपुगे । रामकृष्ण श्रेष्ठलाई मेराबारेमा धेरैकुरा थाहा हुन्छ । पञ्चर भएको टायर टाल्ने कि फेर्नेसम्म कुरा उहाँलाई थाहाँ हुन्छ । उहाँलाई यहाँ पनि दु:ख दिए । जहाँ पुगे पनि र जति कुरा गरेपनि संभव भएसम्म नेपालीको साथी नेपाली नै हुन्छ ।
कुनै पनि कुराको खुलेर प्रशंसा गर्ने संस्कार छ जापानमा । नेपाली स्वादको खाना खाँदै गर्दा निकै प्रंशसा गरे उनीहरूले । एकजनाले हास्दै भने, यो मेरो पहिलो अवसर हो, नेपाली खाना चाखेको । स्वादिलो रहेछ । तर, मेरो सन्तानले यति पिरो मुखमा हाल्न सक्नेछैनन् । नेपाली खाना खान सकेकोमा बहादुरी प्रकट गर्दैथिए उनी । जापानी खानामा गुलियो मिसिए जस्तै हो हाम्रो तरकारीमा हल्का पिरो र मसला । खाना खाँदै हामी पनि भलाकुसारीमा रमायौ धेरैबेर ।
खाएपछि, विल तिर्ने कुरा भयो । नेपाली प्रचलन अनुसार निम्तालुलाई रकम नतिराउने मैले प्रस्ताव राखे । जापानी निम्तालुले आफै वील तिर्छन् भन्ने अनुभव थियो मलाई । वास्तवमा छोराको शिक्षक र साथीलाई निम्ता गर्ने त्यसमाथी आफ्नै नेपाली खाना खुवाएर फेरी पाहुनालाई नै रकम तिराउनु हाम्रो संस्कारमा कठिन कुरा थियो । यसकारण, पहिल्यै रकम तिरेको कुरा मैले सनम्र अनुरोध गरे । मेरो साथी जो सरकारी जागिरे थिए, उनले मलाई भने ।

म त सरकारी जागिरे पो त । मेरो विल हजुरले तिरिदिन कसरी मिल्छ ? निकै मुस्किलमा देखिए उनी । निकै बेर घोरिएपछि भने । सरकारी कर्मचारीले त आफ्नो विलको रकम तिर्नैपर्ने हुन्छ । नत्र नराम्रो आदत पर्छ र अर्को अफिसले थाहा पाए मेरो जागिर चट् हुन्छ । यो कुरा सुनेर मेरो शरिरमा काँडा उठेँ । यस्तो उच्च नैतिकताको प्रशंगले मलाई भित्रैसम्म छोयो । एकजनाले आफ्नो रकम तिर्दा यसले पार्न सक्ने दुरगामी प्रभावले मलाई निकैबेर सोचमग्न बनायो ।

मेरो अवस्था देखेर अनुवादक रामकृष्णजीले के भयो अशोक सर ? भन्नुभयो । मलाई बेहोस पार्यो सर । म पनि त सरकारी जागिरे हुँ । कहाँ हामी, अरूको मात्रै खान जानेका र कहाँ यिनीहरू ! मलाई थाहा छैन् । मिलाउनुहोस् यार, म फुस्फुसाए । के मैले (सरकारी कर्मचारी) पनि उसले जस्तै मेरो विल आफै तिर्छु भनेर छाती फुकाउन सक्छु ? मेरो मनमा गढेको छ ।
आजकल, निम्तामा जान्छु तर धेरैजसो मेरो विल आफै तिर्छु । मेरो निम्तामा साथीहरू आउछन् । आ-आफ्नो विल तिर्न खोज्छन् । मान्यताकै कारण भित्रभित्रै म लजाइरहेको हुन्छु । नसोचेको, नपत्याएको तर यथार्थ । फरक सोच, शैली र मान्यताहरू । भेषभुषा, रहनसहन र खानपिन ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*