Home » समाचार » राई चढेको गाडीमा बम प्रहार राईको सुरक्षा गार्ड घाइते

राई चढेको गाडीमा बम प्रहार राईको सुरक्षा गार्ड घाइते

भोजपुर,२८ कार्तिक  । भोजपुरमा एमाले नेता एवम् भोजपुर क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ । एमाले पोलिटब्युरो सदस्य समेत रहेका राई वाम गठबन्धनबाट भोजपुर क्षेत्र न २ का प्रदेशसभा सदस्य उम्मेदवार हुन् । भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा मंगलबार बिहान राईको गाडीमाथि बम प्रहार भएको हो ।

नेता राई चढेको बा १५ ज ५६०८ नम्बरको गाडी क्षतिग्रस्त भएको तर नेता राई भने सकुशल रहेको सँगै रहेका अखिलका सचिव मकर खड्काले जानकारी दिनुभयो । पूर्व सुचना तथा सञ्चारमन्त्री समेत रहेको राईमाथि भोजपुरको टेम्के मैयुम नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बा भन्ने स्थानमा बिहान ९ बजेर ५० मिनेट जादा बम प्रहार गरिएको । बम प्रहारपछि गोली पनि प्रहार गरिएको छ।

गोली लागेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका छन् । बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए । उनको हातमा गोली लागेको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । तर, घटनामा नेत्र विक्रम चन्द ‘विप्लप’का कार्यकर्ताहरु संग्लन रहेको प्रहरीको अनुमान छ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी ...