Home » समाचार » उम्मेदवार पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको पैसा खोसेर जनतालाई बाँड्नुपर्छ:प्रचण्ड’
Newly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar

उम्मेदवार पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको पैसा खोसेर जनतालाई बाँड्नुपर्छ:प्रचण्ड’

चितवन, २८ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर आज उहाँले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताउनुभयो ।

वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताउँदे उहाँले विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी चितवनमा भएको स्पष्ट गर्नुभयो ।

व्यापार, व्यवसाय गरेर जनतालाई पैसाको प्रलोभनमा पार्ने, जनतालाई रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरुद्ध खबरदारी गर्न जनसमुदायलाई आग्रह गर्दै उहाँले भन्नुभयो “केही उम्मेदवार पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको आफूलाई जानकारी आएको छ । तिनीहरुका पैसा खोसेर जनतालाई बाँड्नुपर्छ ।”

अबको पाँच वर्षमा चितवन विकास र सभ्यताको दृष्टिले देशकै नमूना जिल्ला बनाइछाड्ने दृढता व्यक्त गर्दै उहाँले विगतमा नभएको काम आफूले योजनाबद्ध ढंगले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी ...