Home » समाचार » ‘सेक्रेट सुपरस्टार’सँग जुधेपनि ‘गोलमाल एगेन’ २ सय क्लबमा प्रवेश

‘सेक्रेट सुपरस्टार’सँग जुधेपनि ‘गोलमाल एगेन’ २ सय क्लबमा प्रवेश

२८ कार्तिक । यो बर्ष २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड चलचित्र बनेको छ, ‘गोलमाल एगेन’ । यो चलचित्रले भारतीय बक्स अफिसमा चौथो हप्ताको आइतबार १.६९ करोडको कमाई गर्दै २ सय करोडको आँकडा पार गरेको हो । योसँगै बलिउडमा २ सय करोड क्लबमा प्रवेश गर्ने खान बाहेकका नायकमा अजय देवगणले आफ्नो नाम लेखाएका छन् । अहिलेसम्म, २ सय करोड क्लबमा नायक आमिर खान, सलमान खान र साहरुख खानको मात्र नाम थियो ।

यस्तै, यो चलचित्र रोहित सेट्टी निर्देशित २ सय करोड कमाउने दोश्रो चलचित्र पनि बनेको छ । नायक साहरुख खान र नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले यसअघि २ सय करोड कमाएको थियो, जसलाई रोहितले निर्देशन गरनुभएको थियो ।

चलचित्रले २ सय करोड कमाएपछि अहिले यसको टिम सेलिव्रेशनमा रमाइरहेको छ । तिहारमा रिलिज भएका कारण पनि चलचित्रले त्यसको मौकाको फाइदा लिएको थियो । आमिर खान निर्मित तथा अभिनित चलचित्र ‘सेक्रेट सुपरस्टार’सँग जुधेपनि ‘गोलमाल एगेन’ २ सय करोड कमाउन सफल भएको छ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी ...