नेपालको चर्चित रक व्याण्ड एल्वाट्रोस देश दौडाहमा निस्किएको छ । रुस्लान वेभ रक टुर २०१७ नाम दिइएको उक्त कार्यक्रम कार्तिक २५ गते पब्लिक ग्राउण्ड धरानबाट सुरु भएको थियो। रुस्लानको रक यात्रा को दोस्रो श्रृङखला कार्तिक २७ गते क्याम्पाचौर चितवन पुग्नेछ भने कार्तिक २८ गते एन्फा स्टेडिएम बुटवलमा रक गर्ने छ । यसैगरी कार्तिक ३० गते प्रर्दशनी केन्द्र पोखरा हुादै मंसिर ३ गते आइतबार बनेपा बसपार्क बनेपामा प्रस्तुती दिने छ ।
एल्वाट्रोस युवाहरु माझ निकै लोकपि्रय समुह हो । करिब २ घण्टा सम्म चल्ने प्रस्तुतिमा ब्याण्डले नयाा तथा पुरानो गीतहरु प्रस्तुत गर्नेछ । ब्याण्डका भोकलिष्ट शिरिष डली यस कार्यक्रमप्रति निकै आशावादी छन् र यस्तो कार्यक्रमले नेपालमा रक संगीत विकास र विस्तारमा नयाा आयाम थपिने कुरामा बिश्वास गर्छन ।
रुस्लान भोडकाको प्रायोजनमा यो रक टुर सुरु भएको हो ।