काठमााडौं ,२५ कार्तिक । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि आजदेखि प्रमुख दलका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा देश दोडाहामा निस्किएका छन् ।

प्रमुख दलका शीर्ष नेताले विभिन्न जिल्लामा गएर चुनावी प्रचार प्रसार गर्दैछन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ताप्लेजुङबाट आफ्नो पार्टीको प्रचार अभियान सुरु गर्दै छन् । उहाँ ताप्लेजुङपछि आजै पाँचथर पुग्ने तयारी भएको छ  ।

सँगै प्रधानमन्त्री देउवा शनिबार नै सोलुखुम्बु समेत जाने कार्यतालिका छ । यद्यपी कार्यक्रमको भने टुंगो लागि सकेको छैन । शनिबार ताप्लेजुङबाट चुनावी प्रचारप्रसार गर्ने देउवा दार्चुलासम्म पुग्ने योजना रहेको कांग्रेसले जनाएको छ ।

यस्तै हिजो गृह जिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ का गौरादह, गौरीगन्ज, तोपगाछीलगायत ठाउँमा चुनावी प्रचारप्रसारमा समय दिने बुझिएको छ ।  यसैगरी चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ  ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *