शारीरिक स्वस्थ्यको कुरा गर्दा खानपान प्रमुख रुपमा जोडिन्छ । खाना स्वस्थ्य, सन्तुलित भयो भने शरीर पनि निरोगी हुन्छ । अक्सर हामी स्वस्थ्य रहनका लागि के खाने, के नखाने भनेर चर्चा गरिरहेका हुन्छौं । र, यस्तो अवस्थामा हामीसँग नखाने खानेकुराको सूची लामो हुनसक्छ । यद्यपी यसरी कटौती गरिएका कति खानेकुरा बेफाइदाजनक नहुन सक्छन् । त्यसैले यहाँ केही खानेकुराको सूची दिइएको छ, जो स्वस्थ्यकर छन् । यद्यपी हामी यसलाई आफ्नो खान्कीबाट कटौती गरिरहेका छौं ।

 

आलु

आलुका धेरै फाइदाहरु छन् । मोटोपना र सुगर बढ्ने डरले हामी आलुलाई अस्वस्थकर मान्छौ । तर भिटामिन सी र ए को गुणले भरिपूर्ण आलु स्वास्थ्यका लागि एकदमै राम्रो हो ।

चकलेट

चकलेट खानेहरुका लागि खुशीको कुरा । एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण चकलेटको सेवनले मुटुरोग, क्यान्सर, स्किन इन्फेक्सन र नर्भस सिस्टमसम्वन्धी रोगका लागि एकदमै फाइदाजनक हुन्छ । खासगरी डार्क चकलेट सेवन गर्नु राम्रो मानिन्छ ।

तेल

तेलको सेवनले मोटोपना बढ्छ र बिरामी परिन्छ भन्ने धेरैको मान्यता हुन्छ । तर नरिवल र तोरीको तेलले मुटुलाई स्वास्थ राख्छन् । यसका अलावा यसले छालामा चमक पनि ल्याउँछ ।

अन्डाको पहेंलो भाग

अन्डाको पहेँलो भाग शरीरका लागि निकै फाइदाजनक हुन्छ । भिटामिन डि, के, ए, इ, बि १, बि १२, फस्फोरस, क्याल्सियम, फलाम र जिंकका गुणबाट भरिपूर्ण यसले शरीरलाई कैयन बिमारीहरुबाट टाढा राख्छ ।

कफी

दैनिक एक वा दुई कप कफी पिउने हो भने यसले स्वास्थ्यमा फाइदा नै पुर्‍याउँछ । त्योभन्दा बेसी सेवन गर्नु चाहिँ फाइदाजनक छैन ।

बटर

बटर मिठो लाग्छ भने खान डराउनु पर्दैन । बटरले यथार्थमा शरीरलाई उर्जा प्रदान गर्छ ।

बदाम

हामीलाई लाग्छ, बदाम सेवन गर्दा खोकी लाग्छ । त्यसैले मिठो लागेर पनि बदाम खाइदैन । तर, यो गलत हो । खासमा बदाम स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले धेरै किसिमका स्वास्थ्य समस्याहरुको समाधान गर्छ ।

काँचो गोलभेडा

काँचो टमाटरले फाइदा गर्दैन भनेर खान डराउँछन् । तर, यथार्थमा टमाटरले स्वास्थ्यलाई हानी होइन फाइदा पुर्‍याउँछ ।

केरा

स्वस्थ्य रहनका लागि हरेक विहानको आफ्नो डाइटमा केरालाई समावेश गर्नुपर्छ । यसले मोटोपनाको समस्या पनि कम गर्न सक्छ । यसका अलावा चेन्जिङ मुड, एक्ने, साइनिङ कपाल र प्रेग्नेन्सीमा पनि केरा अत्यन्त फाइदाजनक हुन्छ ।

रेड वाइन

रेड वाइन स्वस्थकर गुणहरुबाट भरिपूर्ण हुन्छ । मदिरा मानिने भएता पनि यो एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण हुनाले मुटुको रोग र ग्लोइङ स्किनका लागि एकदमै राम्रो हुन्छ । हरेक विहान यसको केही थोपा सेवन गर्नाले तपाईंलाई इनर्जी प्राप्त हुन्छ ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *