Home » मनोरंजन » फ्यान बाट नै तनाव

फ्यान बाट नै तनाव

 २५,कार्तिक । कलाकारहरू आफ्नो सम्पत्ति भनेकै फ्यान हुन् भन्ने गर्छन् । बलिउड अभिनेता वरुण धवनचाहिँ आजकल यसो भन्न सक्दैनन् । उनी फ्यानविरुद्ध नै मुद्दा हाल्न बाध्य भएका छन् । यसै साता उनले एक युवतीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

 युवतीले ह्वाट्स एपमा बग्रेल्ती म्यासेज पठाएर हैरान लगाएको र जथाभावी लेख्न थालेपछि आफूले उनलाई ब्लक गरेको वरुणको भनाइ छ । पछिल्लो पटक त नचिनेको नम्बरबाट फोन आउने र धम्कीसमेत दिने गरेपछि वरुण प्रहरीसम्म पुगेको मिड–डे पत्रिकामा उल्लेख छ । ‘म्यासेज रिप्लाई नगरे ती युवतीले आत्महत्या गर्नेछिन्’ भन्ने खालका धम्कीले वरुणलाई तनाव दिने गरेका रहेछन् । ‘मैं तेरा हिरो’ एक्टरले यसबारे आफ्नो कानुनी सल्लाहकारसँग परामर्श लिएपछि प्रहरीसमक्ष पुगेका थिए ।

‘हामी छानबिनको क्रममा छौं’, प्रहरीले भनेको छ, ‘उनलाई फोन आएको नम्बर अहिले स्विच अफ गरिएको छ । हामी पत्ता लगाउँछौं ।’ यसबारे वरुण स्वयंले भने सञ्चारमाध्यमलाई कुनै जानकारी वा प्रतिक्रिया दिएका छैनन् ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला ...