दैलेख, २५ कार्तिक । दैलेखमा यात्रुवस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै शुक्रबार राति र दुईजनाको उपचारका क्रममा मृत्यु भएको दैलेख प्हरीले जनाएको छ ।
सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्वरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी रानाको मृत्यु भएको प्रहरी प्रमुख कार्यालय दैलेखले जनाएको छ ।दुर्घटनामा अनय ८ जना घाइते भएका छन् ।