नेपाली काँग्रेस

 ताप्लेजुङ, २५ कात्तिक ।  ताप्लेजुङबाट कांग्रेसको चुनावी अभियान सुरु गरेका प्रधानमन्त्री शेरबहादुर देउवा वाम गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएको छ । उहाँले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई ‘कम्युनिष्ट गठबन्धन’ भन्दै उहाँले यो लोकतन्त्र, जनता र संघीयता विरुद्ध नै भएको दाबी गरनुभयो ।

ताप्लेजुङको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले कांग्रेस भन्नु र लोकतन्त्र भन्नु एउटै भएको दाबी गरनुभयो । ‘लोकतन्त्रमा मात्र जनता मालिक हुने, बोल्न-लेख्न पाउने र डरत्रासको शासन हुँदैन’ उहाँले भन्नुभयो, ‘कम्युनिष्ट भनेकै लोकतन्त्र विरोधी हुन् ।

एमाले र माओवादीको गठबन्धन प्रजातन्त्र कमजोर गर्ने षड्यन्त्र गरेका  उहाँले बताउनुभयो । देउवाले भन्नुभयो, ‘ जनतालाई दास बनाउन खोजेका छन् । कम्युनिष्ट शासन आयो भने डर त्रासको शासन हुनेछ । बोल्न लेख्न पाइँदैन ।पार्टीका उम्मेदवारलाई भोट माग्दै देउवाले कांग्रेस जिते मात्र लोकतन्त्र बलियो हुने दाबी गरनुभयो।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *