झापा, काँकडभिट्टा,२५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

झापा क्षेत्र नं १ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताउनुभयो । नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि काँग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ’ उहाँलेभन्नुभयो ।

आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा भएको उहाँको भनाइ थियो । आत्मनिर्भरताको अभियानलाई रोक्न गरिँदै आएको घेराबन्दी नेपालका कम्युनिस्ट पार्टीबीचको एकताले तोडिएको अध्यक्ष ओलीको धारणा थियो । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका ओली चुनावी दौडाहामा आउनुभएको छ ।
–––

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *