काठमाडौं,  २४ कात्तिक ।  आफूलाई सजिलो होस् भन्ने चाहानुहुन्छ भने सरकारले निःशुल्क दिने सीपमूलक तालिम लिएर विदेश जान सक्नुहुन्छ । हातमा कुनै सीप नभए पनि विदेश जाने तयारीमा हुनुहुन्छ ? केही समय पर्खनुस्,

सरकारले यो वर्ष पनि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेश जान चाहाने युवालाई विभिन्न १३ किसिमका सीपमूलक तालिम दिने तयारी गरेको हो । बोर्डले निर्माण, होटल, सेक्युरिटी लगायतका विधाका तालिमहरु सञ्चालन गर्ने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो।

अदक्ष र अर्धदक्ष युवा जनशक्तिले विदेशमा बेर्होनुपरेको दुःख र पीडालाई ध्यान दिएर तालिम सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । ‘तालिम नलिई विदेश जाने युवाको आम्दानी राम्रो हुँदैन । सीप भएका युवालाई ठूलो दुःख भोग्नु नपर्ने अवस्था छ । त्यसैले यो वर्ष पनि १० हजार युवालाई तालिम दिने योजना ल्याएका हौं,’ बोर्डका कार्यकारी निर्देशक काफ्लेले भन्नुभयो ।

युवाहरुलाई निर्माण तर्फ सहयक इलेक्टि्रसियन, प्लम्बर, मेशन, स्टिल फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोल्डिङ र हाउस वायरिङको तालिम निशुल्क दिइनेछ । हेटलतर्फ कुक, वेटर/वेट्रेस, हाउस किपिङ, र कफी मेकरको तालिम सञ्चालन हुनेछ भने टेलरिङ र सेक्युरिटी गार्डको तालिम पनि इच्छुक युवाले पनि अवसर पाउने छन् ।

बोर्डले तालिम सञ्चालन गर्न आशयपत्र माग गरेर तालिम प्रदायक संस्था छनोट अघि बढाएको छ । केही समयपछि नै तालिम सञ्चालन गर्ने संस्थाको छनौट गरिने काफ्लेले बताउनुभयो । देशभरका १० हजार युवाहरुलाई एक महिने तालिम दिने योजना छ । केही विशेष तालिम लिन चाहने युवालाई निःशुल्क आवासीय सुविधा पनि दिइने छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *