चितवन,२४ कात्तिक। चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार, माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले घरदैलो अभियान सुरू गरेका छन् ।
घरदैलो कार्यक्रममा प्रचण्डलार्इ स्वागत गर्दै मतदाताले विकासको अपेक्षा गर्दै छिट्टै प्रतिबद्धताहरू पूरा गर्न अाग्रह गरेका थिए । शुक्रबार बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियान सुरु गरेका प्रचण्डलार्इ स्थानीय मतदाताले भत्किएको बाटो देखाउँदै छिट्टै बनाइदिन अाग्रह गरे।
घरदैलोका क्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए । घरदैलोमा आइपुगेका दाहाललाई स्वागत गर्दै मतदाता सरस्वती पौडेलले घर अगाडिको भत्किएको बाटो देखाउँदै, छिट्टै बनाउन आग्रह गरनुभयो ।
घरदैलोका क्रममा प्रचण्डलाई स्थानीय अर्का मतदाता कृष्ण सापकोटाले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गरे ।घरदैलोका क्रममा अध्यक्ष प्रचण्डले जनताले विकास चाहेको भन्दै त्यसैले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरनुभएको थियो ।
मतदाताहरूसँगको भेटघाटकै क्रममा प्रचण्डले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताउनुभयो। आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो -“यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।”