काठमाडौं, २४ कार्तिक ।   नेपाली कांग्रेसले प्रतिनिधिसभचका लागि ७२ सिट जित्ने दाबी गरेको छ कांग्रेसको आन्तरिक रिपोर्टमा आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कम्तीमा ७२ सिट जित्ने दाबी गरेको हो । पार्टी संगठनले निर्वाचन क्षेत्र र जिल्ला तहबाट पठाएको विवरणका आधारमा कांग्रेसले १६५ निर्वाचन क्षेत्र मध्ये ७२ स्थान जित्ने दाबी गरेको हो । काग्रेसले बनाएको गोप्य दस्तावेज सार्वजनिक भएसँगै यो तथ्य सार्वजनिक भएको हो ।

मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको चुनावमा कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चुनावी चुनावी तालमेल गरेको छ । सँगै उसले संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको छ । १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १५४ मा कांग्रेसले आफ्ना उम्मेदवार उठाएको छ। जस मध्येबाट ७२ स्थानामा जित्ने दाबी उसको हो ।

कांग्रेसले राप्रपा र प्रजातान्त्रिकलाई केही सिट दिएको छ भने राजपाका संयोजक महन्थ ठाकुरलाई महोत्तरी–३ नम्बर क्षेत्र छोडेको छ। यस्तै, संघीय समाजवादीका नेता अशोक राईका लागि सुनसरी क्षेत्र नम्बर १ मा कांग्रेसले समर्थन गरेको छ । सँगै उसले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका लागि गोरखा क्षेत्र नम्बर २ मा समर्थन गररेको कांग्रेसले वाम गठबन्धनलाई चुनौती दिने योजना बनाएको छ ।

कांग्रेसको आन्तरिक रिपोर्ट अनुसार काठमाडौं–१, काठमाडौं–३, काठमाडौं–४, काठमाडौं–८ र काठमाडौं १० नम्बर क्षेत्रमा चुनाव जित्ने देखाएको कांग्रेसका एक नेताले जानकारी दिए। उनका अनुसार ललितपुर–१ र ललितपुर क्षेत्र नम्बर ३ तथा भक्तपुर २ मा पनि जित निश्चित भएको आन्तरिक रिपोर्टमा उल्लेख छ । सँगै काठमाडौं–२, काठमाडौं–५, काठमाडौं–९, ललितपुर–२ र कास्की–१ लाई सम्भावित जितको सूचीमा राखेको छ। अघिल्लो निर्वाचनमा जितेका ललितपुर–२, काठमाडौं–९ र कास्की १ मा यो पटक पनि कांग्रेसले पुरानै उम्मेदवारलाई उठाएको छ।

एमालेका माधव नेपालले छोडेपछि भएको उपनिर्वाचनमा जितेका दिपक कुइकेललाई नै यो निर्वाचनमा कांग्रेसले काठमाडौं–२ को उम्मेदवार बनाएको छ।कांग्रेसले मोरङ १ र ३, तेह्रथुम, भोजपुर, दाङ–२, कैलाली–१ र बाजुरालाई पनि जित्न सक्ने सम्भावना रहेको सूचीमा राखेको छ । कांग्रेस चुनावी परिचालन समितिका संयोजक बालकृष्ण खाँणले पनि बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४५ प्रतिशत सिट जित्ने दाबी गरेका थिए।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *