काठमाडौँ,२४ कार्तिक । मिस नेपाल २०१२’मा ‘मिस अर्थ नेपाल’को उपाधि जित्न सफल नग्मा श्रेष्ठले यो बर्ष अमेरिकाको लस भेगसमा आयोजना हुन लागेको ६६ औं ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने  । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नग्माले ‘मिस यूनिभर्स’मा सहभागी हुँदा लगाउने भेषभुषाका केहि अंशहरु प्रस्तुत गरनुभएको छ ।

द हिडन ट्रेजरले आयोजना गरेको ‘मिस यूनिभर्स’को पत्रकार सम्मेलनमा नग्माले यो प्रतिस्पर्धाका लागि गरिरहेको मिहिनेतको भिडियो पनि प्रस्तुत गरिएको थियो । नग्माले पत्रकार सम्मेलनमा अलंकृत पोशाक, शिरमा मण्डला शैली उपकरणसहित शिष्ट र सौम्य रुपी सेतो परिपूरक बस्त्र लगाएकी थिइन् । जसमा नग्मा आकर्षक देखिनुभएको थियो। यी बाहेक उहाँले अन्य केहि पहिरनमा पोज दिनुभएन ।

मूर्तिकार विजय महर्जनले तयार पारेको पहिरनमा नग्मा विशेष देखिनुभएको थियो । नग्माले यसपटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस यूनिभर्स’मा नेपाली भेषभुषालाई उजागर गर्ने बताउनुभयो । उहाँले, सबैले आफूलाई विश्वास गरेको भन्दै यो विश्वासलाई निराशामा बदल्न नदिने समेत बताउनुभयो ।

विभिन्न डिजाइनरहरुले तयार पारेका पहिरन नग्माले ‘मिस यूनिभर्स’को स्टेजदेखि पार्टी, दैनिक हुने विभिन्न कार्यक्रममा लगाउनुहुने छ। नेपालले पहिलो पटक ‘मिस यूनिभर्स’मा सहभागीता जनाउन लागेको हो । नोभेम्बर २६ मा विश्वको चर्चित प्रतिस्पर्धा आयोजना हुनेछ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *