काठमाडौं, २४ कात्तिक । विदेश पठाएर आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने कन्सल्टेन्सीका दुई जना सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं–७, मित्रपार्कमा रहेको एक्सावाइ इन्टरनेस्नल कन्सल्टेन्सीका सञ्चालक सप्तरीको विष्णुपुर घर भएका ३० वर्षीय अशोकुमार यादव र रौतहटको विजयापुर–५ की ३८ वर्षीय ईश्वरी शिवभक्ति यादव ।

उनीहरुले ४ जना व्यक्तिलाई क्यानडा, टर्की, मकाउ लगायतका देशमा पठाउने भन्दै प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँ रकम लिएका थिए । प्रहरीका अनुसार रकम लिएर उनीहरु लामो समयसम्म विदेश पठाउनेतर्फ कुनै चासो नदेखाइ बसेका थिए ।

अनुसन्धानका क्रममा उक्त कन्सल्टेन्सीले सञ्चालनको लागि स्वीकृति समेत नलिएको खुलेको जनाइएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा विभाग, काठमाडौंले जनाएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *